Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

ओमानबाट १४७ जना नेपाली बिहीबार स्वदेश फर्किए

ओमानबाट १४७ जना नेपाली बिहीबार स्वदेश फर्किए

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ५, २०७७ शुक्रवार • १०:०४:४६ बजे
  • 2.0K
    SHARES
  • ओमानबाट १४७ जना नेपाली बिहीबार स्वदेश फर्किए

    ओमान / ओमानमा रहेका थप १४७ जना नेपाली बिहीबार स्वदेश फर्किएका छन् । ३७ जना महिलासहित १४७ जना नेपाली नेपाल फर्किएको ओमानस्थित नेपाली दूतावासले जनाएको छ ।

    images

    कोभिड-१९ का कारण विभिन्न समस्यामा परेका नेपालीको उद्धारका लागि ओमानबाट यो दोस्रोपटक उडान भरिएको हो ।
    यसअघि असार १ गते १६६ जना नेपाली स्वदेश फर्किएका थिए । स्वदेश फर्किएकाहरुले सरकारले तोकेको भाडादरभन्दा सस्तोमा फकाईएको हो ।

    उनीहरुलाई १५५ ओमानी रियाल (३६ हजार ४२३ रुपैयाँ ) तोकिएको छ । राजदूत शर्मिला पराजुली ढकालले स्वदेश फर्कनेहरुलाई विमानस्थलमै पुगेर विदाई गरेकी हुन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology