Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

फाईजरको कोरोना भ्याक्सिन लगाएको एकसातामै नर्सलाई नै देखियो कोरोना

फाईजरको कोरोना भ्याक्सिन लगाएको एकसातामै नर्सलाई नै देखियो कोरोना

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १५, २०७७ बुधवार • १६:३४:२० बजे
  • 1.6K
    SHARES
  • फाईजरको कोरोना भ्याक्सिन लगाएको एकसातामै नर्सलाई नै देखियो कोरोना
    एजेन्सी । अमेरीकी ड्रग निर्माता कम्पनी फाईजर र जर्मनीको बायोनटेकले बनाएको कोरोना बिरुद्धको भ्याक्सिनको विस्वव्यापी चर्चा भयो । र अहिले यो अमेरीका, बेलायत लगायतका देशमा भ्याक्सिन दिन शुरु गरिएको छ । तर ती खोप कति विश्वसनीय र प्रभावकारी छन् भन्ने बिषय अहिले पनि उठीरहेको छ ।

    अमेरीकाको क्यालिफोर्नियामा फाईजरको कोरोना भ्याक्सिन लगाएको एक महिनामा नै एक नर्सलाई कोरोना पोजेटिभ देखिएको छ । म्याथ्यु डब्लु नामकी ती नर्सले १८ डिसेम्बरमा कोरोनाको भ्याक्सिन लगाएकी थिईन् । उनी दुई अलग अलग अस्पतालमा काम गर्छिन् ।

    एबीसी न्युजका अनुसार भ्याक्सिन लगाएको ६ दिन पछि नै क्रिसमसको पुर्व सन्ध्यामा कोविड युनिटमा काम गर्ने क्रममा उनी संक्रमित भएकी थिईन् । शुरुमा भ्याक्सिन लगाउदा कुनै साईड ईफेक्ट नदेखिए पनि पछि उनलाई चिसो लाग्ने र शरीरमा पीडा महसुस भएको थियो । त्यस पछि अस्पताल गएर कोरोना परीक्षण गर्दा उनमा पोजेटिभ पाईएको थियो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology