Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

अंतर संस्था समन्वय समिति साउदीले आफ्नो संस्थापक अध्यक्ष मोहन बिएसकेको गर्‍यो बिदाई

अंतर संस्था समन्वय समिति साउदीले आफ्नो संस्थापक अध्यक्ष मोहन बिएसकेको गर्‍यो बिदाई

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १६, २०७७ बिहिवार • १४:११:०७ बजे
  • 1.8K
    SHARES
  • अंतर संस्था समन्वय समिति साउदीले आफ्नो संस्थापक अध्यक्ष मोहन बिएसकेको गर्‍यो बिदाई
    दम्माम /अंतर संस्था समन्वय समिति साउदीले आफ्नो संस्थापक अध्यक्ष मोहन बिएसकेको बिदाई गरेको छ। 

    लामो समयको साउदी बसाइँलाई बिट मार्दै जन्मभूमि फर्कन लागेको बिएसकेको सम्मानमा दम्माम स्थित काठमाडौं नेपाली होटेलमा हिजो बेलुका एक कार्यक्रम गरि बिदाई गरेको थियो । उक्त कार्यक्रम संस्थाको सभापति ओम ब कुमाल र प्रमुख अथिति नेपाली दूतावासका स्थानीय प्रतिनिधि हरि घिमिरे रहेको थियो ।  
    लामो समय देखि नेपाली समुदायको सेवा समर्पित बिएसकेको बिदाई कार्यक्रममा कोरोना कहर बिच पनि विभिन्न संघसंस्थाका प्रतिनिधिहरु उपस्थित रहेको थियो । 
    SA2.jpg
    साउदीमा नेपाली संघ संस्था तथा अन्तर संस्था समन्वय समिति गठन विशेष योगदान गरेका बिएसकेलाई नेपाली समुदायले सदैव सम्झने बताउदै  , एमनेस्टी तथा दूतावासले आयोजना गरेको पासपोर्ट सहजीकरणमा नेपाली श्रमिकहरु प्रति गर्नु भएको योगदानको मुक्तकण्ठले प्रसंशा गर्दै जन्मभुमि बसाई सहज रहोस भनि दूतावास प्रतिनिधि घिमिरेले शुभेच्छा व्यक्त गर्नुभयो ।

     कार्यक्रममा बिएसकेले सम्पुर्ण नेपाली समुदायलाई हार्दिक आभार व्यक्त गर्दै सबै मित्रहरू सदैव प्रगति पथ रहि छिट्टै जन्मभूमि फर्कि हामि जसरी कोहि पनि प्रवासी हुन नपरोस् भन्ने कामना गर्नुभयो । ज्यान टाढा भएपनि मन टाढा नहुने भन्दै सकारात्मकरुपमा अघि बद्न आग्रह गर्नुभयो।

    विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले खादा र काठमाडौं होटेलले  ढाकाटोपी तथा दूतावासका प्रतिनिधि घिमिरे द्वारा मायाको चिनो स्वरुप प्रमाणपत्र प्रदान गरि बिएसकेको बिदाई तथा सम्मान गरेको थियो ।

    अंतर संस्थाका महासचिव सुर्य श्रेष्ठले सन्चालन गरेको उक्त कार्यक्रममा समितिका प्रमुख सल्लाहकार तथा तमु धि साउदीका अध्यक्ष खेम गुरुङ ,जनसम्पर्क प्रमुख तथा किराया साउदीका उपमहासचिब रविन राई ,नेपाली साझा मन्च देशको लागि केहि गरौंका उपसंयोजक अकल प्रधान ,दम्माम संयोजक अन्जान गुभाजु,हेल्प मधेसीका अध्यक्ष राम दुलार ,नेपाल मगर संघका अध्यक्ष बम थापा मगर , ईमान सिंह मगर ,प्रवासी नेपाली युवा सहयोग समजका अध्यक्ष बिजय लामा,एन ए मिडियाका जन सम्पर्क प्रमुख डिबि थापा,नेवा समाजका श्याम श्रेष्ठ र नरेश रेम्जाली मगर लगायतको उपस्तिथि रहेको थियो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology