Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोभिडबाट पोर्चुगलमा नेपाली युवक रानाको उपचारका क्रममा मृत्यु

कोभिडबाट पोर्चुगलमा नेपाली युवक रानाको उपचारका क्रममा मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

पौष १७, २०७७ शुक्रवार • १०:४९:२४ बजे
  • 1.9K
    SHARES
  • कोभिडबाट पोर्चुगलमा नेपाली युवक रानाको उपचारका क्रममा मृत्यु
    कोभिडबाट पोर्चुगलमा २७ वर्षीय नेपाली युवक तिलबहादुर रानाको उपचारका क्रममा मृत्यु भएको छ।

    साउ जोसे अस्पताल मार्तिमुनिज लिस्बनमा उपचाररत उनी विगत दुई वर्षदेखि पोर्चुगललाई आफ्नो कर्मथलो बनाउँदै आएका थिए।

    तनहुँ घर भएका उनी विगत एक महिनादेखि निमोनिया र कोभिडको सङ्क्रमणबाट ग्रसित भइ आइसोलेशनमा रही उपचाररत रहेको परिवार स्रोत्रले जानकारी दिएको छ ।

    कोभिडको कारण ज्यान गुमाउने उनी छैठौ व्यक्ति भएको स्वास्थ्य महानिर्देशनालयले जनाएको छ।

    पोर्चुगलमा कोभिडका कारण नेपाली महिलाको उपचारको क्रममा मृत्यु भएको थियो।

    यससँगै कोभिडबाट मृत्यु हुने नेपालीको सङ्ख्या दुई भएको छ।

    राना मृत्युले नेपाली समुदायलाई गहिरो चोट पुगेको पोर्चुगलस्थित अवैतानिक महावाणिज्य दूत मकर हमाल र गैरआवसीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष तिलक गैरेले बताए।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology