प्रवासमा रहेका २०० भन्दा धेरै प्रबासी नेपाली एकता मञ्चका पदाधिकारीहरु उपस्थित भएर केपीओलीले गरेको प्रतिनिधि सभा विघटनको कडा आलोचना गरेका छन् । कार्यक्रमलाई सचिव श्रीप्रसाद शाह र वेलायत एकता मञ्चका अध्यक्ष राजेन्द्र पुडासैनीले सहजिकरण गरेका थिए । कार्यक्रम युवराज चौलागाईंको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा सुवास पोख्रेल, लक्ष्मण पन्त, राजन बस्नेत, रामहरी गैह्रे, शेषमणी शर्मा, डा कृष्ण अर्याल, सुरेन्द्र भुषाल, जिवन खतिवडा, बेलुकाजी थापा, रमिला राई, धर्मराज खतिवडा, विमल गौतम, केशव नेपाल लगायतका नेतृत्व तहले आफ्नो शुभकामना सन्देश दिएका थिए ।
योगेश भट्टराईले निर्वाचनको माध्यमबाट आएको यो अधिनायकवादलाई आफ्नै स्वअध्ययनले बुझेर विचार गरेर कुन पक्ष सहि छ र न्यायसंगत छ त्यता आफ्नो विचार राख्नु हुन अनुरोध गरेका छन् । सत्यको पक्षमा बोल्नुहोस् व्यक्तिगत् गालिगलोज् गर्ने होईन भन्दै स्वच्छ राजनीति गर्न अनुरोध गरेका छन् । उनले केपी ओलीको यो कदमलाई निर्वाचनको माध्यमबाट देखिएको अधिनायकवादको संज्ञा दिएका छन् । ४७ सालको संविधानमा भएको तर ७२ सालमा परिवर्तन भईसकेको धारालाई ७७ सालमा आएर लादेको यो कदम कुनै पनि एङ्गलबाट जायज नहुने वताएकाछन् ।
प्रवास समन्वय कमिटिद्वारा आयोजित जुम कार्यक्रममा बोल्दै नेकपाका नेता तथा पूर्व मन्त्री योगेश भट्टराईले तथ्यगत रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीको अधिनायकवाद तर्फ चल्दै गरेको कदमको कडा आलोचना गरेका थिए ।
“केपी ओलीलाई छलफलमा आउनुस्, स्थायी कमिटिमा आउनुस् भनेर पटकपटक भन्दा नमान्ने, भागेर हिँड्ने, आफ्नो स्टेटम्यानशीप देखाउनै नसक्ने, दिन दहाडै झुट बोलिदिने” भन्दै योगेश भट्टराईले सबै वैचारिक विचार बोकेकाहरुले केपी ओलीले चालेको अधिनायकवादबाट मुलुकलाई वर्वादीको दिशातर्फ जान जोगाउन आवस्यक भएको बताएका छन् ।