मयूरपाटी- विश्वमा कोरोनाबाट संक्रमित हुनेको संख्या यो समाचार तयार पार्दा सम्म ८५ लाख ८५ हजार १ सय ९४ जना संक्रमित भएको वर्ल्डओमिटर वेबसाईटले जनाएको छ । संक्रमित भएकामध्ये झण्डै ४५ लाख ३४ हजार जना निको भएका छन् । अहिलेसम्म ४५ लाख ३४ हजार ६ सय ५९ जना निको भएका हुन् । संक्रमणको कारण ४ लाख ५६ हजार ४ सय ३९ जनाको ज्यान गएको छ ।
त्यस्तै नेपालमा कोरोनाका कारण संक्रमित हुनेको संख्या ७ हजार ८ सय ४८ जना पुगेको छ । अहिले सम्म २२ जनाले ज्यान गुमाएको छ भने १ हजार १ सय ८६ जना निकाे भएका छन् । विश्वभरमा सबैभन्दा धेरै संक्रमित हुनेमध्ये २२ लाख ६३ हजार ७ सय ४९ जना सहित अमेरिकामा पहिलाे स्थानमा छ भने ९ लाख ८३ हजार ३ सय ५९ जना सहित ब्राजिल दाेस्राे तथा ५ लाख ६१ हजार ९१ जना सहित रुस तेस्राे स्थानमा छन् । त्यसै गरि ३ लाख ८१ हजार ४ सय ८५ जना गरि भारत चौथो स्थानमा छन् । विश्वभरमा अहिले ३५ लाख ९४ हजार ९६ जनाकाे उपचार भइरहेकाे र तीमध्ये ५४ हजार ५ सय ७६ जना संक्रमितको अवस्था गम्भीर रहेकाे वर्ल्डओमिटरले देखाएको छ ।