Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

म्याग्दी पहिरो अपडेट : पहिरोमा परी थप दुई सहित नौ जना बेपत्ता, पाँच घर र एक बेलिब्रिज बगायो

म्याग्दी पहिरो अपडेट : पहिरोमा परी थप दुई सहित नौ जना बेपत्ता, पाँच घर र एक बेलिब्रिज बगायो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २६, २०७७ शुक्रवार • ०७:३३:४० बजे
  • 6.0K
    SHARES
  • म्याग्दी पहिरो अपडेट : पहिरोमा परी थप दुई सहित नौ जना बेपत्ता, पाँच घर र एक बेलिब्रिज बगायो

    म्याग्दीमा लगातारको भारी वर्षासंगैँ पहिरो जादा थप दुई सहित नौ जना बेपत्ता भएका छन । पहिरोले पाँच घर र एक बेलिब्रिज समेत बगाएको छ ।

    images

    पहिरोमा परी धवलागिरी गाउपालिका–६ मराङको रिखामा ७ जना र मालिका गाउपालिकामा २ जना गरि अहिलेसम्ममा ९ जना बेपत्ता भएका छन ।

    घण्टीवाङबाट खसेको पहिरोले रिखामा दुई परिवार भिमप्रसाद जुग्जाली र धनबहादुर जुग्जालीको घर बगाएको छ । भिमप्रसादको घरमा चार र धनबहादुरको घरमा तीन जना थिए । घण्टीवाङका १३ परिवार पहिरोले विस्थापित भएका छन ।

    म्याग्दी धवलागिरी गाउँपालिका-६ मराङकै कल्लेनीको धारखोलामा आएको बाढीले दुई वटा घर बगाएको छ । बाढीले बिरबहादुर पुन र परदेवी पुनको घर बगाएको छ । बाढीले घर बगाउँदा मानवीय क्षति भने भएको छैन । बाढीले घर बगाउँदा भाग्ने क्रममा एक जना सामान्य घाइते भएका छन ।

    म्याग्दीको मालिका गाउपालिका–७ बिमको दुलेमा पहिरोले घर बगाउदा दुई जना वेपत्ता भएका छन ।
    पहिरोले सोमनाथ पौडेलको घर बगाउदा दुई जना वेपत्ता भएको हो । पहिरोले नौमानेको शिव आधारभूत विद्यालयको भवनमा समेत क्षति पुर्याएको छ ।
    त्यसैगरी बिमकै दुले, नौमाने र भारवाङ लगायतका क्षेत्रमा २५ घर समेत पहिरोको जोखिममा रहेको वडा अध्यक्ष रेशम जुग्जालीले बताएका छन ।

    म्याग्दीको बेनी नगरपालिका- ९ गलेश्वोर स्थित रघुगंगा नदीमा आएको बाढीले म्याग्दीको उत्तरी क्षेत्र हुदै हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकको बेलिब्रिज बगाएको छ । उक्त बेलिब्रिज बगाएपछि रघुगंगा, अन्नपूर्ण गाउपालिका र मुस्ताङ जिल्ला सिधा यातायात अबरुद्ध भएको छ ।

  • सम्बन्धित विषय:

  • # मुख्य खबर​
  • # पहिरो
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology