Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेपाली साझा मंच साउदी अरबको संयोजकमा अकल प्रधान र उप संयोजकमा अन्जान गुभाजु चयन

नेपाली साझा मंच साउदी अरबको संयोजकमा अकल प्रधान र उप संयोजकमा अन्जान गुभाजु चयन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २४, २०७७ शुक्रवार • १९:४९:४७ बजे
  • 2.9K
    SHARES
  • नेपाली साझा मंच साउदी अरबको संयोजकमा अकल प्रधान र उप संयोजकमा अन्जान गुभाजु चयन
    दम्माम/कोरोना महामारीलाई ध्यानमा राख्दै नेपाली साझा मंच देशको लागि के गरौ साउदी समन्वय समितिको संयोजकमा अकल प्रधान र उप संयोजकमा अन्जान गुभाजुलाई सर्बसहमतीमा चयन गरेको छ।  आज शुक्रबार अनलाइन मार्फत सम्पन्न संस्थाको पाँचौ बार्षीक कार्यक्रममा १६ सदस्यीय कार्यसमिति र १ जना संरक्षक र १ जना प्रमुख  सल्लाहकार , १ जना सल्लाहकार  चयन गरेको निबर्तमान संयोजक बिष्णु घिमिरेले जानकारी दिए।                                                      received_696078784435836.jpeg
    नव गठित कार्य समितिमा कृष्ण पुरी-  संस्था संरक्षक ,बिष्णु घिमिरे- प्रमुख सल्लाहकार नवराज थापा- सल्लाहकार ,अकल प्रधान- संयोजक ,अन्जान गुभाजु- उपसंयोजक ,नागेश तामाङ – कलाकार तथा रियाद संयोजक , टिकाराम पाण्डे   - जेद्धा संयोजक, सुशिल गुरुङ- अलखर्ज क्षेत्रीय संयोजक,भरत पौडेल -अलखोवर क्षेत्रीय संयोजक, तेज बहादुर बिक- अलखुम्रा क्षेत्रीय संयोजक, डि बी मलामी मगर - दमाम क्षेत्रीय संयोजक , प्रनिशा रिमाल अधिकारी- हाईल क्षेत्रीय संयोजक ,शंकर तामाङ- जुवेल क्षेत्रीय संयोजक तथा केन्द्रीय सदस्यहरू नरोत्तम अधिकारी ,चन्द्र नारायण शाह,विवेक  प्रधान ,कमल सेढाई ,पुण्य प्रसाद घिमिरे र प्रेम बोहरा रहेको छ। निबर्तमान संयोजक बिष्णु घिमिरेको सभापतित्वमा सप्पन्न कार्यक्रममा सस्थापक तथा संस्थाको अन्तर्राष्ट्रिय संयोजक महेश श्रेष्ठ तथा प्रमुख सल्लाहकार कृष्ण पुरी लगायत  संस्थामा आवद्ध सदस्यहरुको उपस्थित रहेको थिए ।                                                        received_403257940928133.jpeg
    संस्था स्थापना विशेष भुमिका खेल्नु हुने रामकृष्ण घिमिरे  लगायत संस्थापकहरुलाई स्मरण गर्दै आजको यो अबस्था सम्म आईपुग्नको लागि योगदान गर्नु हुने सम्पुर्णमा हार्दिक आभार व्यक्त गर्दै सस्थापक तथा संस्थाको अन्तर्राष्ट्रिय संयोजक महेश श्रेष्ठले नवगठित कार्य समितिलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरे । साउदीमा नेपाली समुदायमा अलग्गै पहिचान बनाउन सफल भएको दावी गर्दै कोरोना कहरमा साथ र सहयोग गर्ने एनआरएनए लगायत साउदीमा सक्रिय संस्थाहरु ,ब्यक्तिहरु र नेपाली दूतावास परिवारप्रति निबर्तमान अध्यक्ष घिमिरे आभार व्यक्त गर्दै नयाँ कार्य समितिको कार्यकाल सफलता शुभकामना व्यक्त गरे ।
    देशको लागि त केही गरौ भन्ने चाहना र उद्देश्यका साथ यस संस्थाको स्थापना सामाजीक संजाल मार्फत २०७२ सालमा गरिएको हो । संस्थाको संस्थापक संयोजक कृष्ण पुरी २ कार्यकाल संयोजक  र निबर्तमान संयोजक  घिमिरे २ कार्यकाल अध्यक्ष भएका थिए । जाति,धर्म,वर्ण,क्षेत्र,सामाजीक,साँस्कृतिक, आर्थिक, राजनैतिक,र लैगिंक विभेद रहित यस संस्थाले देश विदेशमा रहेका सबै नेपालीहरुलाई स्वागत गर्दछ। प्रत्येक नेपालीहरु यसमा आबद्ध हुन सक्ने अधिकार रहेको छ भने   नेपाल राष्ट र नेपाली जनताप्रति  समर्पित रहने नेपालीहरुको यो साझा संस्था हो । संस्थाको उद्देय: १-राष्ट्र र जनताको हितमा कार्य गर्ने २- सामुहिक नेतृत्वको विकास गर्ने ३-विभेद रहित समाज निर्माण गर्ने ४- नागरीक दायित्व,कर्तव्य रअधिकारका वारेमा जन जागृति ,अभियान संचालन गर्ने ५-राष्ट्रिय एकतालाई मजबुत र राष्ट्रकोअखण्डतालाई अछुण्ण कायम गर्ने ६-सामाजीक धार्मीक क्षेत्रिय सदभाव,जातीय सहिष्णुता र राष्ट्रिय प्रेम कायम र थपवृद्दि गर्ने ७-देश विदेशमा रहेका नेपालीहरुलाई गोलवन्द गर्ने ८-असाय,गरीव,निमुखार पिडीतहरुको उद्दार र सहयोग गर्ने ९-देश विदेशमा रहेका नेपालीहरुको हकहितमा कार्य गर्ने १०_ सबैको  विचार र भावनाको कदर गदै  संस्थाको हकहितको लागी निर्णय गरि कार्य गर्ने आदी रहेका छन।

  • सम्बन्धित विषय:

  • # मुख्य खबर​
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology