Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

भर्खरै अमेरिकाबाट फर्किएका श्रीमानको हत्यापछि गरिन् एक युवतीले आत्महत्या

भर्खरै अमेरिकाबाट फर्किएका श्रीमानको हत्यापछि गरिन् एक युवतीले आत्महत्या

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २५, २०७७ शनिवार • १४:०८:५४ बजे
  • 2.8K
    SHARES
  • भर्खरै अमेरिकाबाट फर्किएका श्रीमानको हत्यापछि गरिन् एक युवतीले आत्महत्या

    काठमाडौंको टोखामा अमेरिकाबाट आएका श्रीमानको हत्या गरी श्रीमतीले पनि आत्मह’त्या गरेकी छन् । टोखाको ग्राण्डी अस्पताल छेउको हाउजिङमा बस्दै आएका एक दम्पती कोठाभित्र मृत भेटिएपछि प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानका क्रममा श्रीमतीले श्रीमानको हत्या गरेर आत्महत्या गरेको पत्ता लागेको हो ।

    images

    प्रहरीका अनुसार उनीहरु सुर्खेत स्थायी घर भएका दम्पती हुन् । मृत भेटिएका दम्पतीमा श्रीमानकाे नाम उमेश केसी र  श्रीमतीकाे नाम सुदीक्षा गिरी रहेकाे छ । जसमा श्रीमान् उमेश केही दिनअघि मात्रै अमेरिकाबाट फर्किएको खुलेको छ । त्यसपछि उनीहरुबीच विवाद हुँदै आएको प्रहरी अनुसन्धानका क्रममा खुलेको बताइएको छ ।

    घटनापछि पुगेकाे प्रहरीकाे टाेलीले बन्द कोठाभित्र उमेश बेडमै मृत भेटिएको र सुदीक्षाको शव झुण्डिएको अवस्थामा भेटिएकाले श्रीमानको हत्यापछि आ’त्मह’त्या भएको हुनसक्ने अनुमान गरेकाे हाे ।

    प्रहरीले घटनाको सम्बन्धमा थप अनुसन्धान गर्ने र सत्यतथ्य पत्ता लगाउन थप अध्यायन गर्ने जनाएको छ । मृतक दुवैको शवको मुचुल्का तयार गरि पाेष्टमार्टम गर्ने तयारी भइरहेको प्रहरीको भनाइ छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology