Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

ओमानबाट १ सय ८० यात्रु लिएर उड्यो सलाम एयर

ओमानबाट १ सय ८० यात्रु लिएर उड्यो सलाम एयर

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २६, २०७७ शुक्रवार • १६:१०:३० बजे
  • 2.1K
    SHARES
  • ओमानबाट १ सय ८० यात्रु लिएर उड्यो सलाम एयर

    ओमानमा अलपत्र परेका १ सय ८० नेपाली कामदार लिएर सलाम एयरको तेस्रो विमान उडेको छ ।  मस्कटस्थित नेपाली दूतावासले प्राथमिकतामा राखेका नेपाली कामदारलाई आज ओमान बाट सलाम एयरको उडान नम्बर ओभी ४२७ स्थानीय समय अनुसार बिहान ८ः०० बजे उडेको ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले बताइन्। जहाजमा एक शिशु ,२ नाबालक सहित १ सय ४७ पुरुष र ३३ महिला छन्।राजदूत ढकालका अनुसार फर्केनेहरुले रोजगारदाता र कामदार आफैले टिकट काटेर फर्किएको, उनीहरुको पीसीआर परीक्षण गरी फर्काइएको बताइन् ।

    images

    सरकारले ओमनबाट स्वदेश फर्कन चार्टर विमान नेपाल एयरलाइन्सको लागि ३ सय ६६ अमेरिकी डलर (झन्डै ४४ हजार रुपैयाँ) र हिमालयन एयरलाइन्सका लागि सरकारले झन्डै ४८ हजार रुपैयाँ भाडा दर तोकेको थियो।ओमन दूतावासले सरकारले तोकेको हवाई भाडादर भन्दा झन्डै ८ हजार रुपैया कम्ति करिब ३६ हजार रुपैयाँमा सलाम एयरलाईन्समार्फत अलपत्र परेका नेपालीहरुलाई स्वदेश फर्काएको हो।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology