Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

लन्डनमा एक नेपाली सेफको हत्या

लन्डनमा एक नेपाली सेफको हत्या

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २९, २०७७ बुधवार • ०९:५५:५६ बजे
  • 2.2K
    SHARES
  • लन्डनमा एक नेपाली सेफको हत्या

    लन्डनमा एक नेपाली सेफको हत्या भएको छ । आइतबार राती करिब साढे १० बजे लन्डन इस्टकोट स्टेशन अगाडि झगडा हुंदा ३५ वर्षीय विक्रम केसीको हत्या भएको नेपलिज सेफ एसोसिएसन यूकेका संस्थापक अध्यक्ष कृष्ण तिमल्सेनाले जानकारी दिए ।

    images

    सामान्य भनाभनमा एक २१ वर्षीय युवाले कुटपिट गरेपछि उनको घट्नास्थलमै निधन भएको तिमल्सेनाले बताए । ती युवक अहिले प्रहरी हिरासतमा छन् ।

    सोसल ढाबा नामक रेष्टुरेन्टमा काम गरेर फर्किरहेका केसी र ती अपरिचित युवाबीच वादविवादपछि झडप भएको जनाइएको छ । झगडाको कारण भने खुल्न सकेको छैन् । प्रहरीले घट्नाबारे अनुसन्धान शुरु गरेको छ ।

    ‘आफ्नी श्रीमतीलाई फोन गरेर म ५ मिनेटमा घर आइपुग्छु भनेका रहेछन्’, एनआरएनए युरोप उपसंयोजक समेत रहेका तिमल्सेनाले भने, ‘आधा घण्टासम्म पनि श्रीमान नआएपछि श्रीमती स्टेशनतिर निस्कंदा प्रहरी र एम्बुलेन्स आइसकेका रहेछन् । प्रहरीसंग आफ्ना पतिबारे सोधखोज गर्दा प्रहरीले उनको हत्या भएको पुष्टि गरे ।’

    स्टेशनबाट केसीको घर करिब दुई मिनेट दुरीमा अवस्थित छ ।

    स्वर्गीय केसी भारत, कुवेत हुंदै सन् २००७ तिर तिमल्सेनाकै पहलमा लन्डन आएका थिए । ‘इण्डो चाइनिज’ खानाका सेफ केसीले भेन्यू ५, ब्लु अर्किड आदि रेष्टुरेन्टमा काम गरिसकेका थिए ।

    काठमाडौं घर भएका केसी श्रीमती र भाइ बुहारीका साथ लन्डनमा बस्थे । एकजना निर्दोष साथीको हत्याको खबर सुनेपछि बेलायतका नेपाली सेफहरु स्तब्ध भएका छन् ।

  • सम्बन्धित विषय:

  • # हत्या
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology