Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

मुख्यमन्त्री शेरधन राई र मिस मंगोल जाङ्मु शेर्पासित विवाह हुने

मुख्यमन्त्री शेरधन राई र मिस मंगोल जाङ्मु शेर्पासित विवाह हुने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ३, २०७७ शनिवार • १७:००:४६ बजे
  • 3.7K
    SHARES
  • मुख्यमन्त्री शेरधन राई  र मिस मंगोल जाङ्मु शेर्पासित विवाह हुने

    प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको मिस मंगोल जाङ्मु शेर्पासित विवाह हुने भएको छ । माघ ११ गते काठमाडौंमा शेर्पासित मुख्यमन्त्री राईले विवाह गर्न लागेका हुन् । उनीहरुबीच प्रेम सम्वन्ध रहेको र माघ ११ गते विवाहमा परिणत भएको हो ।

    images

    मुख्यमन्त्री राईसित विवाह हुन लागेकी शेर्पा सन् २०१८ की ‘मिस मंगोल नेपाल’ हुन् । ज्याङ्मु र मुख्यमन्त्री राईको प्रेम विवाह हो । उनीहरु करिब एक वर्षयता प्रेममा थिए । मुख्यमन्त्री राई र ज्याङ्मुको उमेरअन्तर निकै फरक छ ।

    नेपालमा पहिलोपटक बहालवाला मुख्यमन्त्रीले मोडलसँग विवाह गर्न लागेको हुन् । यो नेपाली राजनीतिबृत्तका लागि सम्भवः पहिलो र नौलो हुनसक्छ ।

    ‘मिस मंगोल नेपाल–२०१८’ उपाधि जितेसँगै ज्याङ्मु चर्चामा आएकी हुन् । त्यो बेलादेखि नै मुख्यमन्त्री राई र ज्याङ्मु नजिकिएको स्रोतको भनाइ छ ।

    मुख्यमन्त्री राईको पर्खौली घर भोजपुर हो भने जाङ्मु संखुवासभाकी हुन् । उनी हाल काठमाडौंमा बस्दै आएकी छन् । उनका बाबु–आमा भने अमेरिकामा छन् ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • # विवाह
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology