Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

यी पाँच अत्यधिक कपाल झर्ने समस्यालाई रोक्न सक्छ

यी पाँच अत्यधिक कपाल झर्ने समस्यालाई रोक्न सक्छ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ३, २०७७ शनिवार • १९:५२:५३ बजे
  • 2.5K
    SHARES
  • यी पाँच अत्यधिक कपाल झर्ने समस्यालाई रोक्न सक्छ

    अधिकांश मानिस कपाल झर्ने समस्याबाट चिन्तित छन् । तीमध्ये धेरै मानिस कपाल झर्न नदिन महङ्गो उपचारसमेत गराउन बाध्य छन् । कपाल झर्न रोक्न तथा स्वस्थ तरिकाले कपालको वृद्धि सोचेजस्तो सजिलो पनि हुँदैन ।

    images

    अपर्याप्त पोषण र क्षतिको कारणले गर्दा, कपाल झर्ने तथा वृद्धिमा बाधा पुगिरहेको हुन्छ । तल दिइएका पाँच खानाले कपाल झर्नबाट रोक्नुका साथै कपाल वृद्धिलाई प्रोत्साहन गर्न सक्, जसले केही हदसम्म तालु हुने समस्यालाई पनि उल्टाउन सक्छ ।

    डेरी उत्पादनः बायोटिन (भिटामिन बी ७) कपाल झर्ने समस्याबाट पीडित व्यक्तिका लागि कपालको विकास समाधान हो, जसले मानिसलाई तालु हुनबाट बचाउँछ । अण्डा, दूध, दही, चीज र अन्य दुग्धजन्य पदार्थ बायोटिनको साथै प्रोटिन, भिटामिन बी १२, फलाम, जिङ्क र ओमेगा थ्रि फ्याट्टी एसिडलगायत अन्य आवश्यक पोषक तत्वले भरिएका हुन्छन्, जसले कपालको वृद्धिलाई प्रोत्साहित गर्छ ।

    ओट्सः अधिकांसले तौल घटाउनका लागि खाने ओट्सले पनि कपाल वृद्धिमा सहयता पुर्‍याउन सक्छ । फाइबर, जिङ्क, ओमेगा थ्रि फ्याट्टी एसिड र पोलीअनसेच्युरेटेड फ्याट्टी एसिड (पीयूएफए) र भिटामिन बीको एक उच्च मात्राले भरिएको ओट्सको सेवनले कपालको वृद्धिलाई बढावा दिन्छ । साथै, ओट्समा हुने बेटा ग्लुकनले कपालको फोलिकललाई मजबूत बनाउन मद्दत गर्छ ।

    हाडे बदामः हाडे बदाममा उच्च मात्रामा हुने बायोटिन र म्याग्निशियम स्वस्थ कपाल वृद्धिको लागि आवश्यक हुन्छ । बदामको नियमित सेवनले कपाललाई छिटो बढाइ बाक्लो र स्वस्थ बनाउँछ ।

    ओखरः ओखरमा ओमेगा फ्याटी एसिड र सँगसँगै भिटामिन बी (बायोटिन)को उपस्थितिले कपाल झर्नबाट रोक्न मद्दत पुर्‍याउँछ । यसले कपालको विकासका साथै फोलिकल्सलाई बलियो बनाउने गर्छ । कपाल झर्ने समस्याबाट पीडित व्यक्तिले ओखरलाई नछुटाइ सेवन गर्नु लाभदायक हुनसक्छ ।

    स्ट्रबेरीः स्ट्रबेरीमा पाइने सिलिका नामक तत्व कपालको विकासका लागि सबैभन्दा महत्त्वपूर्ण हुन्छ । साथै, स्ट्रबेरीमा हुने एलाजिक एसिडले कपाल झर्न वा कपाललाई पातलो हुनबाट बचाउँन मद्दत गर्छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology