Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बिहान उठ्दा यी लक्षण देखिए मधुमेहको सङ्केत हुने

बिहान उठ्दा यी लक्षण देखिए मधुमेहको सङ्केत हुने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ३, २०७७ शनिवार • १९:५८:०९ बजे
  • 2.5K
    SHARES
  • बिहान उठ्दा यी लक्षण देखिए मधुमेहको सङ्केत हुने

    टाइप २ मधुमेह धेरै खतरनाक रोग मानिन्छ । सामान्यतया, लगातार रगतमा चिनीको मात्रा उच्च नभएसम्म यसले कुनै लक्षण देखाउँदैन । रगतमा चिनीको मात्रा उच्च भएमा यसले मुटु, मृगौलालगायत शरीरका विभिन्न अङ्गमा हानी पु¥याउन सक्छ ।

    images

    तर, मधुमेहको जोखिम हुन थालेमा शरीरमा केही थोरै परिवर्तनले रोगको सङ्केत गर्छ । बिहानको समयमा निद्राबाट ब्यूँझनसाथ देखिएको केही लक्षणले पनि मधुमेहको सङ्केत गर्छ ।

    उठेपछि बिहानको समयमा मुख सुक्खा हुनु वा अत्याधिक प्यास लाग्नु टाइप २ मधुमेहको मुख्य सङ्केत हुन सक्छ । साथै, राति बारम्बार शौचालय (पिसाब फेर्नका लागि) जानका लागि उठ्नुपर्ने भए वा दिनभर धेरै तिर्खा लागेको जस्तो भएको अनुभव भएका यो मधुमेहको सङ्केत हुनसक्छ । मधुमेहमा तिर्खा र अत्यधिक पिसाब लाग्नु रगतमा ग्लूकोजको मात्रा बढेर हुने हुन्छ ।

    बिहानको समयमा मुख र घाँटी सुक्छ भने, सतर्क रहुनुपर्ने चिकित्सकहरूको भनाइ छ । यो टाइप २ मधुमेह को लागि एक मात्र सङ्केतसमेत हुन सक्छ । टाइप २ मधुमेहमा धेरै अन्य सामान्य लक्षणहरू छन् जसलाई सामान्य सोची वेबास्ता गर्ने गरिन्छ । जसको कारणले यस रोगलाई ‘साइलेन्ट किलर’ पनि भनिन्छ ।

    मधुमेह भएका व्यक्तिमा थकान, धमिलो दृष्टि, सानो घाउ निको हुन पनि लामो समय लागेमा, फङ्गल सङ्क्रमण, र शरीरमा दाग आएकोजस्तो लक्षण देखिन्छ । टाइप २ मधुमेहका लक्षण देखेमा वा यसबारे चिन्तित भएमा तुरुन्त एक चिकित्सककोमा गएर जाँच गराउनु पर्छ ।

    रोग पत्ता लागेपछि रगतमा चिनीको स्तर नियन्त्रण राख्न जीवनशैली परिवर्तन गर्न सल्लाह दिन सकिन्छ । रगतमा चिनीको मात्रालाई व्यवस्थापनमा खानपानले विशेष भूमिका निर्वाह गरेको हुन्छ । कार्बोहाइड्रेटको सेवनलाई नियन्त्रण नगरेको खण्डमा रगतमा चिनीको मात्रा बढ्न सक्छ ।

  • सम्बन्धित विषय:

  • # स्वास्थ्य
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology