Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेपाल मगर संघ साउदीले माघे संक्रान्ति मनाउदै, दुबै मृगौला फेल भोजपुरका तामाङलाई आर्थिक सहयोग

नेपाल मगर संघ साउदीले माघे संक्रान्ति मनाउदै, दुबै मृगौला फेल भोजपुरका तामाङलाई आर्थिक सहयोग

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ५, २०७७ सोमवार • १०:५६:४३ बजे
  • 2.8K
    SHARES
  • नेपाल मगर संघ साउदीले माघे संक्रान्ति मनाउदै, दुबै मृगौला फेल भोजपुरका तामाङलाई आर्थिक सहयोग
    अन्जान गुभाजु-दम्माम/ नेपाल मगर संघ प्रवास शाखा साउदी अरेबियाले माघ्या सकराटी (माघे संक्रान्ती)को शुभकामना आदानप्रदान कार्यक्रम सहित भोजपुरका मृगौला पीडित सुर्य ब. तामाङलाई आर्थिक सहयोग गरेको छ।
    s2.jpg
     कोभिड-१९ कोरोना कहरलाई मध्येनजर गर्दै साउदी सरकारको नियम मान्दै खोवारको तुक्वा स्थित हारोज होटेलमा गत शुक्रबार संघका सदस्यहरु र सिमित पाहुनाहरुलाई मौखिक रुपमा निमन्त्रणा गरेर माघे संक्रान्ति शुभकामना आदानप्रदान गरिएको आयोजकको तर्फबाट रेशम पुनःले पिटि अनलाइन जानकारी दिए ।  
    पुनःका अनुसार  मगरहरुले माघ्या सकराटीमा आफ्ना छोरी चेलीबेटीहरुको पुज्ने चलन पुर्खा देखि चलिआएको पहिलो पटक साउदीमा आफ्नो पुर्खाको चलन अनुसार उपस्थित चेलीबेटीहरुलाई खादा र टीका लगाई स-सम्मान गरिएको बताएको छ।

     मगर संघका सल्लाहकार प्रेम सिन्जाली मगरले स्वागत तथा उपाध्यक्ष धन कुमारी पुनः मगरले संघको तर्फ शुभकामना मन्तव्य राखेका कार्यक्रममा तमुधी साउदीका अध्यक्ष खेम तमु, एनए मिडियाका आर्थिक बिभाग प्रमुख डि बि थापा र दिदिबहिनी समुहकी अध्यक्ष तुलसी गुरुङ ,अन्तर्राष्ट्रिय रोल्पाली साउदीका बरिस्ठ सल्लाहकार दिपक थापा, किराँत यायोक्खा साउदीका उपमहासचिव रबिन थुलुङ्ग राई लगायतले शुभकामना व्यक्त गरेका थिए ।

    कार्यक्रममा दुवै मृगौला फेल भोजपुर नपा-१, हेलौछाका  हाल काठमाडौस्थित नेसनल किड्नी सेन्टर बनस्थलीमा उपचाररत  सुर्य बहादुर तामाङलाई १ हजार ६७३ रियाल (ने रु करिब ५० हजार )आर्थिक सहयोग समेत गरेका थिए । 
    उक्त रकम संघका अध्यक्ष बम ब थापा र दिदिबहिनी समूह साउदीकी अध्यक्ष तुलसी गुरुङले संघका महासचिव तथा आर्थिक संकलन अभियानका संयोजक डम्बर आले मगरलाई हस्तान्तरण गरेका थिए ।

    संघको अध्यक्ष बम ब थापाको सभापति रहेको कार्यक्रम महासचिब डम्बर आले मगरले संचालन गरेका थिए। कार्यक्रममा संक्रान्ती विशेष परिकारका रूपमा तरुल, सखरखन्ड, सेलरोटी लगायत विभिन्न परिकार  सहित सहभागी पाहुनाहरुलाई  भोजन गराएका थिए ।

  • सम्बन्धित विषय:

  • # मुख्य खबर​
  • # साउदी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology