Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

२४ घण्टामा थप ४२६ जनामा कोरोनाभाइरस संक्रमण

२४ घण्टामा थप ४२६ जनामा कोरोनाभाइरस संक्रमण

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ५, २०७७ शुक्रवार • १६:५७:१२ बजे
  • 1.4K
    SHARES
  • २४ घण्टामा थप ४२६ जनामा कोरोनाभाइरस संक्रमण

    बितेको २४ घण्टामा थप ४२६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर देवकोटाले शुक्रबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् । नयाँ संक्रमित मध्ये ८८ जना महिला र ३३८ जना पुरुष रहेका छन् ।
    योसहित नेपालमा कूल कोरोना संक्रममितको संख्या ८ हजार २७४ पुगेको छ । जसमा महिला ७०७ र ७ हजार ५६७ पुरुष रहेका छन् । हालसम्म संक्रमित जिल्ला ७४ पुगेको छ भने कोरोना निको भएर घर फर्किनेको संख्या २१६ पुगेको छ ।
    बितेको २४ घण्टामा मात्रै २१६ जना संक्रमण मुक्त भएको स्वास्थ्य तथा मन्त्रालयले जानकारी दिएको छ। जसमा ९ महिला र २०७ जना पुरुष रहेका छन् । हालसम्म कोरोनाबाट २२ जनाको मृत्यु भएको छ ।

    images

    रातोपाटी

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology