Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

एउटै बच्चा दुई आमाको गर्भमा बसेर जन्मे, कसरी भयो चमत्कार ?

एउटै बच्चा दुई आमाको गर्भमा बसेर जन्मे, कसरी भयो चमत्कार ?

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १२, २०७७ सोमवार • ११:०७:०६ बजे
  • 2.9K
    SHARES
  • एउटै बच्चा दुई आमाको गर्भमा बसेर जन्मे, कसरी भयो चमत्कार ?

    चिकित्साको क्षेत्रमा विश्वमा निकै ठूलो प्रगति भैरहेको छ । कैयन् पटक असम्भव लाग्ने चिजहरु समेत सम्भव हुने गरेका छन् यो क्षेत्रमा । 

    images

    विज्ञान प्रविधि तथा चिकित्साको क्षेत्रमा नयाँ नयाँ खोज अनुसन्धान भैरहेका छन् । पछिल्लो पटक एउटा यस्तै चामत्कारिक उपलब्धि हासिल भएको छ । बेलायतमा एकजना बच्चा दुईवटी आमाको गर्भमा हुर्किएर जन्मिएको छ ।

     बेलायतको एक समलिंगी जोडीले आफूहरुको कोखमा पालैपालो गर्भ हुर्काएर बच्चा जन्माउँदै रेकर्ड कायम गरेको हो ।

    शेयर्ड मदरहूड अर्थात् साझेदारी मातृत्वको यो घटना बेलायतमा पहिलोपटक भएको बताइएको छ । जस्मिन तथा डोना फ्रान्सिस स्मिथको पहिलो बच्चाको जन्म निर्धारित समयभन्दा २ महिना पहिले भएको थियो ।

    बच्चाको जन्मका क्रममा इन भिभो नेचुरल फर्टिलाइजेसन प्रक्रियाबाट भएको हो । यस प्रक्रियामा डिम्बलाई आमाको शरीरभित्र प्रत्यारोपण गरिन्छ । जबकि इन भिट्रो फर्टिलाइजेसनमा यस्तो डिम्बलाई बाहिरै परागसेचन गराइन्छ र भ्रुणमात्रै आमाको शरीरमा प्रत्यारोपित गरिन्छ ।

    इनभिभो प्रक्रियाको सुरुवात स्विस प्रविधि कम्पनी एनाकोभाले गरेको छ । लण्डनस्थित एक क्लिनिकमा सफलतापूर्वक उक्त प्रयोग गरिएको हो ।

    उक्त प्रक्रियामा डिम्बलाई जैविक आमाको सरीरमा एक क्याप्सुलको माध्यमबाट प्रत्यारोपित गरियो । जहाँ उक्त डिम्ब गर्भाधान भयो । एक आमाको गर्भमा जब उक्त डिम्ब शुक्रकिटसँग मिलन भएर भ्रुणमा परिणत भयो तब एक आमाको शरीरबाट उक्त डिम्बलाई निकालेर अर्को आमाको गर्भमा हालियो र दोश्रो आमाकै कोखबाट बच्चा जन्मियो ।

    नटिंगशरमा बस्ने डोनाले एक मिडियासँग कुरा गर्दै यो गर्भ आफ्नो लागि निकै विशेष रहेको र आफ्नो दम्पत्ति यसबाट निकै खुसी रहेको बताउँछिन् ।

    आम दम्पत्तिले बच्चा जन्माउँदा महिलाले नै गर्भाधारण गर्छिन् । तर उनीहरुको गर्भ आम दम्पत्तिको भन्दा फरक रह्यो र दुवैजनाले गर्भाधारण गरे । 

    डोनाका अनुसार अण्डा सुरुको १८ घण्टासम्म उनको गर्भमा रह्यो र त्यसपछि त्यसलाई निकालेर जस्मिनको गर्भमा राखियो । एजेन्सी

  • सम्बन्धित विषय:

  • # मुख्य खबर​
  • # रोचक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology