एजेन्सी । विश्वब्यापी महामारी बनेको कोरोना भाइरस संक्रमणको विषयलाई लिएर ब्राजिलमा निकै अचम्म लाग्दो तथ्य फेला परेको छ ।कोरोना संक्रमित विरामीमा एकै समयमा कोरोना भाइरसका दुई फरक फरक स्वरुप फेला परेको घटनाले अनुशन्धानकर्ताहरुलाई आश्चर्यचकित पारेको हो ।
कोरोना भाइरसका दुई फरक फरक स्वरुप एकै ब्यक्तिमा फेला परेको यो विश्वकै पहिलो घटना भएको अनुशन्धानकर्ताहरुले बताएका छन ।ब्राजिलको दक्षिणी रियो ग्रान्ड डो सुल राज्यमा कोरोना भाइरसका ५ फरक फरक स्वरुपका कारण संक्रमण फैलिएको छ ।
नेशनल ल्याबोरेटरी फर साइन्टिफिक कम्प्युटिंगले गरेको अनुशन्धान अनुसार २ ब्यक्तिमा कोरोना भाइरसको फरक फरक स्वरुप भेटिएको थियो । त्यसमध्ये एउटा स्वरुप यसअघि नै दक्षिण अफ्रिकामा फेला परेको थियो ।
दुवैजनामा हल्का लक्षणहरु देखिएका थिए । एकजनालाई सुक्खा खोकी थियो भने अर्को ब्यक्तिलाई खोकीका साथै घाँटीमा खसखस हुने र टाउको दुख्ने समस्या थियो । यद्यपी उनीहरु दुवैलाई अस्पताल भर्ना गर्नु परेन ।
रियो ग्रान्ड डो सुल राज्यका एक भायरोलोजिस्ट तथा यस अध्ययनका मुख्य अनुशन्धानकर्ता फर्नान्डो स्पिल्कीले कोरोना भाइरसको यो नयाँ स्वरुपको संक्रमण गति अधिक रहेको बताएका छन ।
कोरोना संक्रमणका हिसाबमा ब्राजिल विश्वकै तेस्रो देश हो । जहाँ हालसम्म ९१ लाख भन्दा बढी संक्रमित भैसकेका छन । त्यस्तै २ लाख २२ हजार भन्दा बढीले ज्यान गुमाइसकेका छन ।एउटै शरीरमा कोरोना भाइरसका फरक फरक स्वरुप भेटिएको घटनाले स्वरुप बदल्ने गति र संख्या बढाउने गति अधिक रहेको संकेत गरेको छ ।
यो घटनाले ब्राजिलमा कोरोना भाइरसका कति स्वरुपहरु हुन सक्छन ? भन्ने प्रश्नले वैज्ञानिकहरुलाई चिन्तित बनाएको रोयटर्सले जनाएको छ ।