Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

विश्वकै विशाल गुफा,त्यस भित्र थप १५० वटा गुफाहरु छन (तस्बिरसहित)

विश्वकै विशाल गुफा,त्यस भित्र थप १५० वटा गुफाहरु छन (तस्बिरसहित)

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १७, २०७७ शनिवार • १८:५४:०१ बजे
  • 4.3K
    SHARES
  • विश्वकै विशाल गुफा,त्यस भित्र थप १५० वटा गुफाहरु छन (तस्बिरसहित)

    एजेन्सी । विश्वमा थरी थरीका गुफाहरु छन । तिनका विशेषताहरु पनि फरक फरक छन । तर यहाँ चर्चा गर्न लागिएको गुफा विश्वकै सबैभन्दा ठूलो गुफाको हो । यो गुफा यति विशाल छ कि, त्यस भित्र थुप्रै थुप्रै ४० तल्ले घरहरु बनाउन सकिन्छ ।

    images
    तस्विरः नेशनल जोग्राफिक

    मध्य भियतनामको जंगलमा रहेको यो गुफाको नाम ‘हाङ सोन डोंग’ हो । यो गुफाको लम्बाई ९ किलोमिटर छ । यस गुफा भित्र १५० वटा अन्य गुफाहरु पनि छन । यो गुफा भित्र रुख, विरुवा, जंगल, बादल, नदीलगायतका सबथोक छन ।

    तस्विरः नेशनल जोग्राफिक

    लाखौं बर्ष पुरानो यो गुफलाई सन २०१३ मा मात्रै पर्यटकका लागि खुला गरिएको थियो । यो गुफामा प्रत्येक बर्ष २५० देखि ३ सय जना पर्यटकले मात्रै घुम्ने अनुमति पाउँछन । सन १९९१ मा ‘हो खनह’ नामक स्थानीय ब्यक्तिले यो गुफा पत्ता लगाएका थिए । त्यसबेला गुफा भित्र पानीको मात्रा धेरै थियो । पानी सुसाएको ठूलो आवाज आइरहेको थियो । गुफा भित्र निकै अध्याँरो थियो । जसका कारण त्यसबेला कसैले पनि यो गुफामा प्रवेश गर्ने हिम्मत गरेनन् ।

    तस्विरः नेशनल जोग्राफिक

    एक ब्रिटिस रिसर्च ग्रुपले पहिलो पटक यो गुफाका तस्विर र भिडियोहरु सार्वजनिक गरेपछि यो गुफाले सन २००९ मा मात्रै अन्तराष्ट्रिय स्तरमा पहिचान बनाएको थियो । त्यसपछि सन २०१० मा वैज्ञानिकहरुको एक टोलीले गुफा भित्र रहेको ‘भियतनामको पर्खाल’ भनिने माटोको २ सय मिटर अग्लो पर्खाल नाघेर गुफा भित्र प्रवेश गर्ने बाटो पत्ता लगाएका थिए ।

    तस्विरः नेशनल जोग्राफिक

    पर्यटकहरुले प्रत्येक बर्ष अगस्त महिना अघि नै यो गुफाको भ्रमण गरिसकेका हुन्छन । किनकी यसपछि यस गुफामा रहेको पानीको सतह ह्वात्तै बढ्छ । यो गुफामा जानका लागि प्रतिब्यक्ति ३ हजार अमेरिकी डलर खर्च गर्नुपर्छ ।

    तस्विरः नेशनल जोग्राफिक

    हाङ सोन डोंग गुफाको भ्रमण गर्न चाहने पर्यटकलाई ६ महिनाको तालिम दिइन्छ । उनीहरुलाई दैनिक कम्तिमा १० किलोमिटर पैदल हिंड्ने तालिम दिइन्छ । त्यस्तै ६ पटकसम्म रक क्लाइम्बिङ गर्ने तालिम दिइन्छ ।

    तालिम सफलतापूर्वक पुरा गरेपछि मात्रै हाङ सोन डोंग गुफाको भ्रमण गर्न पाइन्छ ।

    स्रोतः नेशनल जोग्राफिक ।

  • सम्बन्धित विषय:

  • # विशाल गुफा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology