Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पोल्याण्डमा नेपालीको रेस्टुरेन्टलाई अवार्ड

पोल्याण्डमा नेपालीको रेस्टुरेन्टलाई अवार्ड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २०, २०७७ मंगलवार • ०९:२२:३७ बजे
  • 2.4K
    SHARES
  • पोल्याण्डमा नेपालीको रेस्टुरेन्टलाई  अवार्ड

    शेरबहादुर परियार,पोल्याण्ड/  यूरोपेली मुलुक पोल्याण्डको  गैरआवासीय नेपाली संघका अध्यक्ष नरेश सापकोटाद्वारा सञ्चालित स्नेहाज टच अफ इण्डियाले "सर्वोत्कृष्ट रेस्टुरेन्ट २०२०"अवार्ड प्राप्त गरेको छ । 

    images

    p1.jpg

     पोल्याण्डको प्रख्यात अनलाइन फुड अर्डरिङ कम्पनि pyszne.pl  द्वारा  wojewoda łódzki को सर्वोत्कृष्ट रेस्टुरेन्ट २०२० जितेको सञ्चालक सापकोटाले बताए । यो प्रतियोगिता प्रत्येक वर्ष हुने गर्छ ।‘विदेशी भूमिमा विदेशीहरुसँग प्रतिस्पर्धा गरेर अवार्ड पाउनु गौरवको महसुस गरेको छु’, उनले भने । उनी विगत १६ वर्षदेखि सपरिवार पोल्याण्डमा बस्दै आएका छन् ।

    p2.jpg

    नेपाली व्यवसायी संघ पोल्याण्डको सम्मान 

    पोल्याण्डमा रहेका नेपाली मूलका व्यवसायी, उद्यमी, पेशाकर्मीहरुको संगठन नेपाली व्यवसायी संघ पोल्याण्डले  अवार्ड प्राप्त गरेका आफ्नो संघका सदस्य    नरेश सापकोटालाई एक कार्यक्रमबीच सम्मान गरेको छ। पोल्याण्डको वार्सामा आयोजित कार्यक्रममा संघका अध्यक्ष डा उदयदेव आचार्यले  सापकोटालाई बधाई तथा शुभकामना पत्र सहित  सम्मान गरे।सम्मान कार्यक्रममा अध्यक्ष आचार्यले "यस नेपाली व्यवसायी संघका सदस्यको पोल्याण्डका कयौं व्यवसायीलाई पछि पार्दै यो स्तरको सफलताले पोल्याण्डमा रहेका नेपाली समुदायलाई गर्व महसुस गराएको छ । कोभिडको कारणले उत्पन्न अहिलेको बिषम परिस्थितिमा व्यवसायी संघ पोल्याण्ड नेपाली व्यवसायी बिच सहयोग आदान प्रदान गर्दै भविष्यमा थप उर्जा सहित अगाडि बढ्ने" बताए। 

    p4.jpg
    सम्मानित सापकाटाले "यो सफलता मेरो व्यक्तिगत नभएर सिंगो नेपाली व्यवसायीको हो,यो अवार्ड प्राप्त मसंग जोडिएका मेरा प्रत्येक कर्मचारीका मेहनती हातहरुको परिणामले सम्भव भएको हो । यो सम्मानले आफूमा थप चुनौती र जिम्मेवारी थपिएको" बताए।

    p3.jpg

    व्यवसायी संघका सचिव आनन्द घिमिरेद्वारा सञ्चालन भएको कार्यक्रममा   व्यवसायीहरु रिता न्यौपाने,टंक कटुवाल,प्रकाश तिवारी,अमितकुमार यादव,अनुपा आचार्य लगायतले सापकोटालाई बधाई तथा शुभकामना दिएका थिए।

  • सम्बन्धित विषय:

  • # अवार्ड
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology