Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

प्रधानमन्त्रीले आफूसँग बहुमत छ कि छैन भन्ने छिनोफानो संसद् भित्रबाट गर्ने हो कि बाहिरबाट : न्यायाधिश सिन्हा

प्रधानमन्त्रीले आफूसँग बहुमत छ कि छैन भन्ने छिनोफानो संसद् भित्रबाट गर्ने हो कि बाहिरबाट : न्यायाधिश सिन्हा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २०, २०७७ मंगलवार • १६:२१:३७ बजे
  • 940
    SHARES
  • प्रधानमन्त्रीले आफूसँग बहुमत छ कि छैन भन्ने छिनोफानो संसद् भित्रबाट गर्ने हो कि बाहिरबाट :  न्यायाधिश सिन्हा

    प्रतिनिधिसभा विघटनको पक्षमा बचाउ गर्दै मङ्गलवार (आज) पनि सर्वोच्च अदालतमा सरकार पक्षका अधिवक्ताले बहस गरिरहेका छन् ।

    images

    महान्यायधिवक्ता अग्नि खरेलले मङ्गलवार पनि बहसलाई निरन्तरता दिएका छन् । उनले बाध्य भएर प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेको र विघटनको अधिकार उनलाई संविधानले दिएको दाबी गरेका छन् ।


    प्रधानमन्त्रीले आफूसँग बहुमत भए पनि कामै गर्न नपाएकाले प्रतिनिधि सभा विघटन गरेर नयाँ जनमत लिन खोजेको बताएको महान्यायाधिवक्ता खरेलको भनाइ थियो ।


    तर खरेललाई न्यायाधीश अनिलकुमार सिन्हाले प्रधानमन्त्रीले आफूसँग बहुमत छ कि छैन भन्ने छिनोफानो संसद् भित्रबाट गर्ने हो कि बाहिरबाट भनेर सोधेका छन् ।

    अग्नि खरेलले प्रतिनिधिसभा विघटनका विगतका अनुभव सुनाउन खोजेपछि न्यायाधीश सिन्हाले विगतमा संसद् विघटनपछि स्थिरता आएको थियो त ? भनेर प्रश्न गरे ।

    विगतमा प्रतिनिधि सभा विघटनपछि पनि चुनाव नभएको, अरबौँ रुपैयाँ खर्च भएको र युद्ध नरोकिएको कुरा सिन्हाले सम्झाएका छन् ।

    विगतका गल्ती नदोहोरिऊन् भनेर नयाँ संविधानमा नयाँ व्यवस्था गर्ने तर अहिले पुरानै नजिर सम्झाउन खोज्नु कत्तिको जायज हो ? भनेर सिन्हाले महान्यायाधिवक्ता खरेललाई प्रश्न सोधेका छन् ।

    गएको पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेपछि त्यसको विरुद्धमा सर्वोच्चमा १३ वटा रिट परेका छन् ।

    रिटको पक्षमा सुनुवाइ सकिएपछि सोमवार (हिजो) देखि रिटको विपक्षमा अर्थात् सरकार पक्षका वकिलले बहस सुरु गरेका हुन् ।

  • सम्बन्धित विषय:

  • # मुख्य खबर​
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology