Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बाढीपहिरो पीडितका लागि मोना कुवेतले गर्‍यो "आर्थिक सहयोग सङ्कलन अभियान" शुरु

बाढीपहिरो पीडितका लागि मोना कुवेतले गर्‍यो "आर्थिक सहयोग सङ्कलन अभियान" शुरु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ३०, २०७७ मंगलवार • ०७:१०:०९ बजे
  • 3.2K
    SHARES
  • बाढीपहिरो पीडितका लागि मोना कुवेतले गर्‍यो "आर्थिक सहयोग सङ्कलन अभियान" शुरु

    मयूरपाटी - म्याग्दीका बाढीपहिरो पीडितका सहयोगार्थ रोजगारीको सिलसिलामा कुवेत रहेका म्याग्देलीको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति कुवेतले “आर्थिक सहयोग सङ्कलन अभियान” शुरु गरेको छ ।

    images

    मोना कुवेतको हिजो बसेको आकस्मिक अनलाइल बैठकले बाढीपहिरोबाट विस्थापित भएकाको पुर्नस्थापना तथा राहातका लागि ३ सदस्यीय आर्थिक सङ्कलन समितिमा मोना कुवेतका उपाध्यक्ष मन बहादुर फगामीको संयोजकत्वमा महासचिव चन्द्र बिश्वकर्मा 'गोतामे' र कोषाध्यक्ष कृष्ण प्रसाद खड्का रहेका छन । कोरोना भाइरसले आक्रान्त पारिरहेको र कयौंको जागिर समेत गुमेको अवस्थाको बाबजुद पनि बाढीपीडितको सहयोगार्थ “आर्थिक सहयोग सङ्कलन अभियान” शुरु गरिएको मोना कुवेतका अध्यक्ष प्रेम बहादुर बिश्वकर्मा जानकारी दिएका छन् ।

    म्याग्दीको धवलागिरी गाउँपालिका-६, मराङ, मालिका गाउँपालिका-७ लगायत अन्य स्थानमा अविरल वर्षाका कारण बाढीपहिरोले ठुलो मात्रामा जनधनको क्षति पुर्याएको थियो । बाढीपहिरोमा परी २९ जनाले ज्यान गुमाएका छन भने अझै केही बेपत्ता र बाढीपहिरोबाट केही विस्थापित भएका छन् । कुवेतमा रहेका विभिन्न संघ संस्था, बुद्धिजीवी, भद्रभलाड्मी, व्यवसायी लगायत कुवेतमा कार्यरत सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई बाढीपहिरो पीडितको सहयोगार्थ “आर्थिक सहयोग सङ्कलन अभियानमा” आफ्नो इच्छा अनुरुप सक्दो आर्थिक सहयोगको लागि मोना कुवेतले अपिल गरेको छ ।

    FB_IMG_1564910860073.jpg

    बाढीपहिरो पीडितको सहयोगार्थ "आर्थिक सहयोग सङ्कलन अभियानमा" सहयोग गर्नु हुने सहयोगी महानुभावहरुको नामावली यस प्रकार छ ।  

    १. नन्द बहादुर बरुवाल (वरिष्ठ सल्लाहकार- मोना कुवेत) १५ कुवेती दिनार

    २. प्रेम बहादुर बिश्वकर्मा (अध्यक्ष - मोना कुवेत) - २५ कुवेती दिनार

    ३. दिपक छन्त्याल (वरिष्ठ उपाध्यक्ष - मोना कुवेत) - २१ कुवेती दिनार

    ४. मान बहादुर फगामी (उपाध्यक्ष - मोना कुवेत) - २१ कुवेती दिनार

    ५. आशा बस्याल (उपाध्यक्ष - मोना कुवेत) - १० कुवेती दिनार

    ६. खिम गिरी (उपाध्यक्ष - मोना कुवेत) - ११ कुवेती दिनार

    ७. चन्द्र गोतामे ( महासचिव- मोना कुवेत) - २२ कुवेती दिनार

    ८. शेर सुनार (सचिव- मोना कुवेत) - १० कुवेती दिनार

    ९. तेजिन श्रेष्ठ ( सह- सचिव - मोना कुवेत) १० कुवेती दिनार

    १०. कृष्ण प्रसाद खड्का (कोषाध्यक्ष - मोना कुवेत) १५ कुवेती दिनार

    ११. तुल बहादुर पुन (सह- कोषाध्यक्ष - मोना कुवेत) २१ कुवेती दिनार

    १२. अर्जुन शाही (युवा संयोजक -मोना कुवेत) - १० कुवेती दिनार

    १३. लोकेन्द्र फगामी ( सक्रिय सदस्य - मोना कुवेत)- १५ कुवेती दिनार

    १४. तुल्सी जुग्जाली ( सक्रिय सदस्य - मोना कुवेत)- १० कुवेती दिनार

    १५. निर्मला पुन (सदस्य - मोना कुवेत)-१५ कुवेती दिनार

    १६. अर्जुन चोखाल ( सक्रिय सदस्य - मोना कुवेत)- ६ कुवेती दिनार

    १७. बाबुराम गौतम ( सक्रिय सदस्य- मोना कुवेत)- ५ कुवेती दिनार

    १८. भक्त हर्मेल ( सक्रिय सदस्य - मोना कुवेत)- ५ कुवेती दिनार

    १९. चित्र छन्त्याल ( सदस्य - मोना कुवेत) -१५ कुवेती दिनार

    अहिलेसम्म जम्मा सहयोग संकलन रकम = २६२ कुवेती दिनार

    थप जानकारीको लागि:-

    आर्थिक सहयोग सङ्कलन समिति

    १. संयोजक मान बहादुर फगामी (66264822)

    २. सदस्य चन्द्र बिश्वकर्मा 'गोतामे' (67799127)

    ३. सदस्य  कृष्ण प्रसाद खडका (67757246)

    यदि तपाइँहरु पनि बाढी पीडितको लागी सहयोगको गर्न चाहानु हुन्छ भने मोना कुवेतका पदाधिकारीहरुलाई पनि सम्पर्क गर्न सक्नु हुनेछ ।

    वरिष्ठ सल्लाहकार- नन्द बहादुर बरुवाल- 66583555 (माबुल्ला)

    अध्यक्ष-  प्रेम बहादुर बिश्वकर्मा- 66899055 (मङ्गाफ)

    वरिष्ठ उपाध्यक्ष-  दिपक छन्त्याल - 66032880 (जलिब)

    उपाध्यक्ष- खिम गिरी - 99829798 (फर्वानिया)

    उपाध्यक्ष- आशा बस्याल - 60366080 (फाहहिल) सचिव श्री शेर सुनार - 51743658 ( सुलबिया)

    सह-सचिव- तेजिन श्रेष्ठ -66521514 (मङ्गाफ)

    सह-कोषाध्यक्ष- तुल बहादुर पुन - 92206702 (आबुहलिफा)

    सदस्य- तुल्सी जुग्जाली (फिन्तास )

  • सम्बन्धित विषय:

  • # पहिरो
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology