Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

आप्रवासी कामदारलाई कुवेत प्रवेशमा रोक, सलुन र स्पोर्ट्स क्लब बन्द हुने

आप्रवासी कामदारलाई कुवेत प्रवेशमा रोक, सलुन र स्पोर्ट्स क्लब बन्द हुने

चन्द्र गाेतामे

चन्द्र गाेतामे

माघ २२, २०७७ बिहिवार • १७:१२:१३ बजे
  • 2.4K
    SHARES
  • आप्रवासी कामदारलाई कुवेत प्रवेशमा रोक, सलुन र स्पोर्ट्स क्लब बन्द हुने

    कुवेत सरकारले आगामी आइतबार देखि दुई हप्ताको लागि आप्रवासी कामदारलाई कुवेत प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । त्यसैगरी, आगामी आइतबार देखि एक हप्ताको लागि फेरी पनि सलुन र स्पोर्ट्स क्लब पुर्ण रुपमा बन्द गर्ने भएको छ । कुवेतमा  कोरोना भाइरस पुनः बढ्नाले यो निणर्य गरिएको हो ।

    images

    आगामी आइतबार देखि शपिङ मल र रेस्टुरेन्ट साँझ ८ बजेदेखी बिहान ५ बने सम्मका लागि बन्द गर्ने साथै रेस्टुरेन्टहरुलाई होम डेलिभरी गर्न भने दिइने निणर्य गरिएको अल कबास डेली पत्रिकालाई उधृत गर्दै अरब टाइम्स कुवेतले समाचार प्रकाशित गरेको छ ।

    सामाजिक दुरि कायम गर्दै अनिवार्य मास्क लगाउने र कुनै पनि ठाउँमा जमघट नगर्न पनि निर्देशन दिइएको छ । त्यसैगरी फार्मेसी, सुपरमार्केट र खाद्यान्न सप्लायर भने निरन्तर चलिरहने छ ।

    कुवेत सरकारले यो वर्ष पनि कोरोनाका कारण फेब्रुअरी २५ र २६ को राष्ट्रिय दिवस र लिबेरेशन दिवस नमनाउने सूचना जारी गरेको छ ।

  • सम्बन्धित विषय:

  • # कोरोना
  • चन्द्र गाेतामे

    चन्द्र गाेतामे मयूरपाटी डिजिटल पत्रिकाकाे कार्यकारी सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology