Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

अक्सफोर्ड खोप कोरोना प्रसारण रोक्न सफल

अक्सफोर्ड खोप कोरोना प्रसारण रोक्न सफल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २३, २०७७ शुक्रवार • १०:३७:५६ बजे
  • 685
    SHARES
  • अक्सफोर्ड खोप कोरोना प्रसारण रोक्न सफल

    अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनेकाले विकास गरेको कोरोना खोप भाइरस संक्रमण रोक्न मात्र नभई भाइरसको प्रसारण रोक्न पनि प्रभावकारी देखिएको बेलायतमा गरिएको एक अध्ययनले देखाएको छ। अक्सफोर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताले गरेको अध्ययनअनुसार खोपको दुबै डोज लिइसकेका व्यक्तिमा पिसिआर परीक्षण गर्दा पोजेटिभिटी दर आधाले घटेको देखिएको छ।

    images

    मेडिकल जर्नल ल्यानसेटमा मंगलबार प्रकाशित प्रतिवेदनअनुसार खोपका् दुई डोजको समय अन्तराल बढाउँदा फाइदाजनक हुने र एक डोजसमेत प्रभावकारी रहेको देखिएको छ। त्यसो त अध्ययनमा संक्रमितको सम्पर्कमा आएकाको ट्रेसिङ गरेर भाइरस प्रसारणको प्रत्यक्ष मापन गरिएको थिएन तर अनुसन्धानकर्ताले नियमित रूपमा सहभागीको नाकबाट स्वाब संकलन गरेका थिए। यसो गर्दा खोपको दुवै डोज लिएकाको पिसिआर परीक्षण गर्दा पोजेटिभिटी दर आधाले घटेको देखिएको हो।


    ‘समीक्षामा भाइरस प्रसारणसम्बन्धी अध्ययन समावेश गरिएको थिएन तर खोपको प्रभावकारिता हेर्न बेलायतमा गरिएको अध्ययनमा लक्षण देखिएका अथवा नदेखिएका दुवैथरी सहभागी स्वयंसेवकबाट हरेक साता स्वाब संकलन गरिएको थियो र भाइरस प्र्रसारणको सम्भावना आकलन गरिएको थियो,’ अनुसन्धानकर्ताले लेखेका छन्। ‘खोपले संक्रमणलाई मध्यम खाले प्रभाव पारेको भए पिसिआर पोजेटिभिटीमा खास परिवर्तन देखिने थिएन, अनुसन्धानकर्ताले भनेका छन्, ‘समग्रमा पिसिआर पोजेटिभिटी मापन संक्रमणको भार घटे–नघटेको हेर्न उपयोगी देखिएको छ।’ यो समाचार आजको नागरिक दैनिकमा छ ।

  • सम्बन्धित विषय:

  • # अक्सफोर्ड खोप
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology