Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कक्षा ११ को परीक्षाः सबै अधिकार विद्यालयलाई

कक्षा ११ को परीक्षाः सबै अधिकार विद्यालयलाई

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २४, २०७७ शनिवार • ०८:२८:४८ बजे
  • 2.4K
    SHARES
  • कक्षा ११ को परीक्षाः सबै अधिकार विद्यालयलाई

    कक्षा ११ मा अध्ययनरत विद्यार्थीको अन्तिम परीक्षा सम्बद्ध विद्यालयले नै सञ्चालन गर्ने भएका छन् ।

    images

    राष्ट्रिय परीक्षा बोर्डले यसै शैक्षिक सत्रमा कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीको अन्तिम परीक्षा विद्यालयले नै गर्ने स्पष्ट गरेको छ । बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले बोर्डले अन्तिम परीक्षा सञ्चालन गर्ने अधिकार विद्यालयलाई नै हस्तान्तरण गरेको जानकारी दिए ।


    अब पठनपाठन, आन्तरिक परीक्षा, अन्तिम परीक्षा र नतिजा प्रकाशन समेतको जिम्मेवारी विद्यालयलाई आएको छ । बोर्डका अध्यक्ष गौतमले भने, “नेपाल सरकारले कार्यविधि परिवर्तन गरेबाहेक अब बोर्डले कक्षा ११ को परीक्षा सञ्चालन गर्दैन ।” यो समाचार आजको गोरखापत्र दैनिकमा शेषकान्त पण्डितले लेखेका छन् ।


    बोर्डले गत वर्षको कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीको अन्तिम परीक्षा सञ्चालन गर्दा परीक्षा सञ्चालनसम्बन्धी कार्यविधिमार्फत सो अधिकार विद्यालयलाई दिएको थियो । कोरोना भाइरसका कारण बोर्डले राष्ट्रिय स्तरमा एकै पटक परीक्षा सञ्चालन गर्न नसकेपछि कार्यविधिमार्फत उक्त अधिकार विद्यालयलाई दिइएको हो ।

  • सम्बन्धित विषय:

  • # विद्यालय
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology