Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

लकडाउनका कारण बढ्यो महिलामा पाठेघर क्यान्सरको समस्या

लकडाउनका कारण बढ्यो महिलामा पाठेघर क्यान्सरको समस्या

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २५, २०७७ आइतवार • ११:२७:४२ बजे
  • 2.3K
    SHARES
  • लकडाउनका कारण बढ्यो महिलामा पाठेघर क्यान्सरको समस्या

    कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण गरिएको बन्दाबन्दीले महिलामा हुने पाठेघर क्यान्सरको समस्या बढाएको छ ।

    images

    कोरोना सर्ने डर तथा बन्दाबन्दीका कारण अस्पताल जान नपाएर पाठेघरमा सामान्य समस्या भएको महिलामा अहिले क्यान्सर रोग भइसकेको स्त्री तथा क्यान्सर रोग विशेषज्ञहरूले जनाएका छन् ।


    थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालका स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डा. कृतिपाल सुवेदीले बन्दाबन्दीका कारण धेरै महिलामा पाठेघरको मुखको क्यान्सर भएको जानकारी दिइन् ।


    “समयमा उपचार गरे क्यान्सरसम्म पुग्नुपर्ने अवस्था थिएन,” उनले भनिन्, “सामान्य लक्षण देखिएकाहरूमा पनि बन्दाबन्दीका कारण अहिले उपचारका लागि अस्पताल आउँदा रोग फैलिएर क्यान्सरसम्म भएको छ ।” आफूकहाँ आएका बिरामीमध्ये छ जनामा दुई जनालाई क्यान्सर भएको डा. सुवेदीले बताइन् ।

    उनले पाठेघरको मुखको क्यान्सर अहिले ठूलै समस्याका रूपमा आएको हुनाले यससम्बन्धी जनचेतनाको आवश्यकता आँैल्याइन् ।

    यता धुलिखेल अस्पतालका स्त्री तथा क्यान्सर रोग विशेषज्ञ सुनिला शाक्यले बन्दाबन्दीका कारण पाठेघरका क्यान्सर रोगी बढेको तर यकिन तथ्याङ्क भने नभएको जानकारी दिइन् ।

    उनले बन्दाबन्दी खुकुलो भएपछि अस्पतालमा आएका बिरामीलाई क्यान्सरको लक्षणले छोइसकेको जानकारी दिइन् । यो समाचार आजको गोरखापत्र दैनिकमा यलु जोशीले लेखेकी छन् ।

  • सम्बन्धित विषय:

  • # क्यान्सर
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology