एनआरएनए कुवेतले ६ जना बिरामीहरुलाई उद्धार गरि स्वदेश पठाएको छ । फेब्रुअरी ८ तारिककादिन दुवै मृगौला फेल भएकी तारा भन्डारी, सवारी दुर्घटनामा परि उपचाररत दिल्लिराम पाठक, नेपालमा नै सवारी दुर्घटनामा परि खुट्टामा स्टिल फिक्स गरेर ठिक भए पछि कुवेत आएको तीन बर्षपछि पुनः बल्झिएर घाउ पाकेर काम गर्न नसकेका प्रकाश आले, निक्कै लामो समयदेखी रगतवान्ताका कारण उपचाररत चित्रबहादुर राना मगर, सरस्वती पाठक र बनिक राज पौडेल गरि ६जनालाई हवाइ टिकट र पिसिआर परिक्षण गरि स्वदेश पठाइएको हो ।
उनिहरु हिजो साँझ ६:४५ बजे जजिरा एयरवेजको उडान मार्फत नेपाली समय अनुसार राती १:२५ मानेपाल अवतरण गर्ने गरि गएका छन । उनिहरुलाई काठमाडौ विमानस्थलबाटै एन आर एन ए कास्वयंसेवकहरुले राती बस्नको लागि ब्यवस्था मिलाउनुको साथै आ - आफ्नो घर सम्म पुग्नका लागिबसको टिकटको ब्यबस्था गर्नेछन ।
गैरआवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतले नेपालको विभिन्न क्षेत्रबाट रोजगारीकोसिलसिलामा कुवेतलाई कर्मथलो बनाउदै आएका केही नेपाली श्रमिकहरु कोरोना भाइरसका कारण रोजगार बिहिन भएका, विरामी परेका तथा विभिन्न किसिमले समस्यामा परि अलपत्र परेका २६ जनालाई कुवेतबाट उद्दार गरि स्वदेश पठाइसकेको छ।