दम्माम / नेपाली साझा मंच देशका लागि केहि गरौ रास्ट्रीय समन्वय समिति साउदी अरबले सिन्धुपाल्चोकका पक्षघात बिरामी नन्द कुमारी प्रधानलाई आर्थिक सहयोग गरेको छ।मंच का अध्यक्ष अकल प्रधानको पहलमा सिन्धुपाल्चोक भोटेकोसी गाउँपालिका-१ लिस्तिकोट का प्यारालाइस बिरामी नन्द कुमारी प्रधानलाई ने रु २५ हजार १ सय ४० आर्थिक सहयोग गरेको छन् ।मन्चले मिडियाकर्मी उमेश खड्का मार्फत बिरामी प्रधानलाई उहाँकै घरमा पुगेर सहयोग गरेका थिए।
सिन्धुपाल्चोकमा गएको पछिल्लो बाढी पहिरोबाट आफ्नो सम्पुर्ण श्रीसम्पत्ति गुमाएर प्यारालाइज रोगबाट ग्रसित पिडीतलाई जीवनयापनमा थप सहज होस भनेर मंचले सहयोग गरेका प्रधानले पिटि अनलाइन जानकारी दिए।
गत जनवरीमा प्रधानको नेतृत्वको मन्चले रियादमा नेपाल फर्कर्न समस्यामा परेका कपिलवस्तुका सुगर बानियाँ र जुबेलमा समस्यामा परेका संखुवासभाका सुवास बराललाई नेपाल फर्काउन सफल भएका थिए । बराललाई पिसिआर जांचको लागि आर्थिक सहयोग समेत गरेका मंचको खोवार क्षेत्रीय संयोजक भरत पौडेलले जानकारी दिए।
"देशको लागि त केही गरौ" भन्ने चाहना र उद्देश्यका साथ सामाजिक संजाल मार्फत २०७२ सालमा स्थापना गरिएको मंचले जाति,धर्म,वर्ण,क्षेत्र,सामाजीक,साँस्कृतिक, आर्थिक, राजनैतिक,र लैगिंक विभेद रहित देश विदेशमा रहेका सबै नेपालीहरुलाई स्वागत गर्दछ। प्रत्येक नेपालीहरु यसमा आबद्ध हुन सक्ने अधिकार रहेको छ भने नेपाल र नेपाली जनताप्रति समर्पित रहने नेपालीहरुको यो साझा संस्था हो ।
सहयोगीहरूको नामावली यस प्रकार रहेको छ ।
(1) राजकुमार बस्नेत पर्सा
साउदी रियाल 55
(2) राम जी चौधरी सुनसरी
साउदी रियाल 25
(3) शिव जी यादव धनुषा साउदी
रियाल 10
(4) अकल प्रधान सिन्धुपाल्चोक भोटेकोसी गाउपालिका 1
साउदी रियाल 111
(5) चन्द्र गुरुङ्ग धादिङ गंगा जमुना गाउपालिका 3 साउदी
रियाल 35
(6) बसरत अलि पाकिस्तान सेख पुर सुचा सौंदा
साउदी रियाल 10
(7) सुभास तामाङ ओखलढुंगा
साउदी रियाल 15
(8) रमेश कंडेल चितवन साउदी
रियाल 50
(9) सुर्य लामा ललितपुर साउदी
रियाल 100
(10) शंकर तामाङ लो काठमाडौं रानी बन साउदी रियाल
105
(11) अन्जान गुभाजु नुवाकोट
साउदी रियाल 100
(12) धन बहादुर बुढा मगर दाङ्ग
तुलसीपुर साउदी रियाल 50
(13) भरत पौडेल पोखरा कास्की
साउदी रियाल 100
(14) रबिन गुरुङ्ग दाङ्ग घोराही
साउदी रियाल 50
(15) देव थापा तनहु साउदी
रियाल 25