Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

महिलालाई विदेश जान वडाको सिफारिस चाहिने निर्णय भइसकेको छैनः अध्यागमन विभाग

महिलालाई विदेश जान वडाको सिफारिस चाहिने निर्णय भइसकेको छैनः अध्यागमन विभाग

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २९, २०७७ बिहिवार • ११:४६:१५ बजे
  • 1.9K
    SHARES
  • महिलालाई विदेश जान वडाको सिफारिस चाहिने निर्णय भइसकेको छैनः अध्यागमन विभाग

    महिलाहरुलाई खाडी तथा जोखिम सम्भावित मुलुकमा भिजिट भिसामा जाँदा परिवारको सहमति र वडाको सिफारिस चाहिने प्रावधानबारे निर्णय भइनसकेको अध्यागमन विभागले जनाएको छ ।

    images

    यो विषय अनौपचारिक छलफलमा रहेको विभागको प्रष्टिकरण छ । बिहीबार प्रेस विज्ञप्तीमार्फत अध्यागम विभागले जोखिम सम्भाव्य मुलुकमा पहिलोपटक यात्रा गर्ने र आफ्नो यात्राबारे सामान्य जानकारी समेत नभएका महिलाहरूका लागि आवश्यक पर्न सक्ने गरी आन्तरिक छानवीन कार्यदलका सुझावका रुपमा आएको विषय भएको र कुनै निर्णय नभएको विभागले जनाएको छ ।


    विभागले कार्यविधि संशोधनको प्रस्ताव गृह मन्त्रालयमा पठाइसकेको छ । जसमा खाडी तथा अफ्रिकी देश जाँदा महिलाहरुको हकमा परिवारको सहमति वा वडाको सिफारिस चाहिने प्रावधान राखिएको छ ।


    मन्त्रीस्तरबाट निर्णय भएपछि सो कार्यविधि कार्यान्वयन हुनेछ । भिजिट भिसामा हुने मानव तस्करी रोक्न भन्दै विभागले यस्तो प्रावधानको प्रस्ताव गरेको हो । जसको चर्को आलोचना भएको छ ।

    भिजिट भिसामा मानव तस्करी भइरहेको भन्ने उजुरीका आधारमा मन्त्रालयले उपसचिव रुद्र पण्डितको संयोजकत्वको कार्यदल गठन गरेको थियो । सो कार्यदलले महिलाको हकमा परिवारको सहमति र स्थानीय तहको सिफारिस तथा १५ लाखको बीमा अनिवार्य गर्न सुझाव दिएको थियो ।

    सोही आधारमा विभागले कार्यविधि संशोधन गर्न लागेको हो । यसको आलोचना भएपछि मन्त्रालयले यसलाई फेरि संशोधन गर्न लागेको छ ।

    adhyagaman55555.jpg

  • सम्बन्धित विषय:

  • # विदेश
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology