ओमानमा प्रवेश गर्ने,व्यक्तिहरूले संस्थागत क्वारेन्टाइनको रूपमा कम्तिमा सात दिन होटलमा बस्नुपर्ने भएको छ , ओमानको सामाजिक विकास मन्त्रालयले बिहीबार घोषणा गरे अनुसार ओमान प्रवेश गर्नु पुर्व यात्रुहरूले होटलहरू बुक गर्नु पर्ने जनाएको छ । यो सबै नियम ११ फेब्रुअरी आजदेखि लागू गरिएको टाइम्स अफ ओमानले लेखेको छ ।
साथै क्वारेन्टाइन बस्नको लागि होटलहरू छुट्याएको छ, स्विस-बेलिन मस्कट, इबिस, सेक्योर इन, शेराटन, ट्यूलिप इन् र सोमरसेट पनोरमा मस्कट, मुसान्दाममा कसाब होटल, डोफारमा अल्फा होटल, बुराइमीमा, अराणा होटेल, अल डाखलिह अल अल दियार होटल, उत्तर अल शार्कियाह गोल्डन रेज होटेल, दक्षिण अल शार्कियाहमा सुर बीच होटल, र उत्तर अल बतिनाहमा मर्क्युर होटल सौर अल्फा होटल सलालाहमा बस्न सकिने जनाएको छ । क्वारेन्टाइन बस्दा होटलको लागत खर्च बारे कुनै जानकारी दिएको छैन ।