Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

पोखराका प्रेम गुरुङको कुवेतमा मृत्युु

पोखराका प्रेम गुरुङको कुवेतमा मृत्युु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ३१, २०७७ बुधवार • ०७:११:०३ बजे
  • 2.7K
    SHARES
  • पोखराका प्रेम गुरुङको कुवेतमा मृत्युु

    मयूरपाटी - कुवेतमा पोखराका प्रेम गुरुङको मृत्यु भएको छ । रोजगारीको सिलसिलामा कुवेत पुगेका प्रेम गुरुङको  १४ जुलाई २०२० मा मृत्‍यु भएको हो ।

    images

    कुवेतको अल मिश्रीफ कार वास कम्पनीमा सवारी चालकका रुपमा गुरुङ कार्यरत थिए । ड्युटीको लागि करिब ८ बजे बिहान कार्यस्थल पुगेका गुरुङ बिहानको खाजा खाए पछि बसेकै कुर्सीबाट एक्कासि ढलेको बताइएको छ । गुरुङलाई तुरुन्तै एम्बुलेन्समा अस्पताल पुर्याइएको थियो तर अस्पतालले उनको मृत्यु भैसकेको जनाएको थियो । गुरुङ केही समय देखि  उच्च रक्तचापको बिरामी भएको संगै काम गर्ने उनका साथीले बताएका छन ।

    कुवेतमा बिगत १६ वर्ष देखि काम गर्दै आएका गुरुङको घरमा श्रीमती र एक जना छोरा छन् । नेपाली दूताबास कुवेतले प्रेम गुरुङको मृत्‍युको जानकारी आईसकेको जनाएको छ । तर के कारणले मृत्यु भएको हो भन्ने विवरण भने  आउन बाकी रहेको जनाएको छ । मृतकको परिवार संग समन्वय गरेर कानुनी प्रकृयाका कामहरु अगाडि बढाउन शुरु गरी सकेको बताएको छ ।

  • सम्बन्धित विषय:

  • # मुख्य खबर​
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology