Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

विदेशमा रहेका कोरोना सङ्क्रमित नेपालीमध्ये ९७ प्रतिशत​ सङ्क्रमणमुक्त

विदेशमा रहेका कोरोना सङ्क्रमित नेपालीमध्ये ९७ प्रतिशत​ सङ्क्रमणमुक्त

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ३, २०७७ सोमवार • १६:२७:२५ बजे
  • 1.7K
    SHARES
  • विदेशमा रहेका कोरोना सङ्क्रमित नेपालीमध्ये ९७ प्रतिशत​ सङ्क्रमणमुक्त

    विदेशमा रहेका कोरोना सङ्क्रमित नेपालीमध्ये ९७ प्रतिशत​ सङ्क्रमणमुक्त भएका छन् । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक सञ्जीव सापकोटाका अनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ६० हजार १२१ जना नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये ५८ हजार चार सय ३२ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुने दर ९७ प्रतिशत छ ।

    images


    गैरआवासीय नेपाली सङ्घको स्वास्थ्य समितिका अनुसार यो हप्ता अष्ट्रेलिया, स्पेन, बेलायत, युएई, साउदी अरबमा रहेका थप नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ ।


    यस्तै कोरोनाको सङ्क्रमणबाट विदेशमा यो हप्ता थप दुई जना नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यो हप्ता बेलायतमा दुई जनाको सङ्क्रमणबाट ज्यान गएको हो । योसहित २१ देशमा कोरोना भाइरस सङ्क्रमणले ज्यान गुमाउने नेपालीको सङ्ख्या तीन सय ३५ जना पुगेको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • # मुख्य खबर​
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology