Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बिदेशबाट फर्किनकाे लागि जून २१ देखि २४ सम्मको हिमालय एयरलाइन्सको उडान तालिका

बिदेशबाट फर्किनकाे लागि जून २१ देखि २४ सम्मको हिमालय एयरलाइन्सको उडान तालिका

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ६, २०७७ शनिवार • ०६:४०:३१ बजे
  • 2.1K
    SHARES
  • बिदेशबाट फर्किनकाे लागि जून २१ देखि २४ सम्मको हिमालय एयरलाइन्सको उडान तालिका

    मयूरपाटी– हिमालय एयरलाइन्सले जून २१ देखि २४ सम्मको चार्टर्ड उडान तालिका सार्वजनिक गरेको छ । एयरलाइन्सले हिजाे तालिका सार्वजनिक गरेको हो ।

    images

    विश्वभर कोरोना महामारीको रुपमा फैलिएको कोभिड–१९का कारण विभिन्न मुलुकहरुमा अलपत्र नेपाली नागरिकहरुको उद्धार गरी नेपाल ल्याउन नेपाल सरकारको अनुमतिअनुसार हिमालय एयरको उडान संचालन हुने भएको हो । हिमालय एयरलाइन्सले यसअघि पनि विभिन्न देशहरुबाट चार्टर्ड उडान गरिरहेको छ ।

    आज सार्वजनिक उडान तालिका यस्तो छ
    जून २१ का दिन हिमालय एयरलाइन्सको जहाजले मलेशियाको क्वालालम्पुर र पाकिस्तानको इस्लामाबादबाट नेपालीहरु लिएर उडान भर्ने छ । उक्त उडानमा नेपाल फर्कन चाहनेले तालिकामा तोकिएका एयरलाइनका कर्मचारीलाई सम्पर्क गर्न सक्नेछन ।

    त्यसैगरी, जून २२ गते माल्दिभ्सको माले, कतारको दोहा र यूएईको आबुधावीबाट यात्रु ल्याउने एयरलाइन्सले जनाएको छ । उक्त देशमा रहेका नेपाली जो नेपाल फर्कन चाहन्छन् उनीहरुले तालिकामा उल्लेखित नाम र फोन नम्बरमा सम्पर्क गर्न सक्नेछन् ।

    एयरलाइन्सले जून २३ का दिन साउदी अरेबियाको दमाम र कुवेतबाट नेपालीहरु ल्याउने छ । जून २४ का दिन आबुधावी र कतारको दोहाबाट नेपालीहरु ल्याइने एयरलाइन्सले जनाएको छ । यसरी आउन चाहने नेपालीले कम्पनीले तोकेबमोजिमको भाडादर स्वयंले नै बेहोर्नुपर्ने छ ।

    कुन दिन कहाँ उडान हुँदैछ, यस्तो छ हिमालय एयरलाइन्सको उडान तालिका ।12.jpg

     

    राताेपाटीबाट साभार 

     

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology