Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पत्रकार महासंघको कोषलाई पोल्याण्डबाट आचार्यको आर्थिक सहयोग 

पत्रकार महासंघको कोषलाई पोल्याण्डबाट आचार्यको आर्थिक सहयोग 

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ५, २०७७ बुधवार • १४:१२:३४ बजे
  • 1.6K
    SHARES
  • पत्रकार महासंघको कोषलाई पोल्याण्डबाट आचार्यको आर्थिक सहयोग 

    शेरबहादुर परियार, पोल्याण्ड/"केही मानिसहरुको मनै सामाजिक भावनाले ओतप्रोत हुन्छ, त्यसैले त उनीहरु आफ्नो खुशी समाजको हितमा देख्छन्"यसको पर्याय बनेका छन् पोल्याण्डका नेपाली डाक्टर उदयदेव आचार्य ।आचार्यले नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आपतकालीन कोषमा ५५ हजार बढी रकम सहयोग गरेका छन् ।

    images

    pp11.jpg

    नेपाल पत्रकार महासंघ यूरोप शाखा मार्फत महासंघ केन्द्रीय समितिले श्रमजीवी पत्रकारहरुको राहतका लागि बनाएको आपतकालीन कोषमा जम्मा हुने गरी डाक्टर आचार्य र श्रीमती अनुपा रेग्मी आचार्यको संयुक्त नामबाट 
    ५५ हजार ५ सय ५५ रूपैयाँ प्रदान गरेका हुन्। पोल्याण्डमा विगत २८ वर्षदेखि बस्दै आएका डाक्टर आचार्यको नेपालमा पुर्ख्यौली घर तनहुँ जिल्लाको चुँदी रम्घा हो।पेशाले चिकित्सक रहेका आचार्य पोल्याण्डको नेशनल हेल्थ सर्भिस अन्तर्गतका विभिन्न क्लिनिकहरूमा कन्सलट्यान्टको रुपमा कार्यरत छन्।पोल्याण्डको राजधानी वारसामा एभरेष्ट नेपाली रेष्टुरेण्ट समेत सञ्चालन गर्ने उनी नेपाली व्यवसायी संघ पोल्याण्डको अध्यक्ष,एनआरएनए पोल्याण्डका संस्थापक तथा पोल्याण्डका लागि नेपाली पर्यटन दूत समेत हुन्।

    "अहिले विश्व कोभिड-१९ को महामारीको अबस्थामा छ तर पत्रकारहरु आफ्नो ज्यानको प्रबाह नगरी पहिलो पंक्तिमा रहेर सूचना सम्प्रेषण गरिरहेका छन् ।पत्रकार महासंघ यूरोप शाखाको कामलाई मैले नजिकबाट हेरिरहेको छु।यूरोपको व्यस्त जीवनशैलीका बाबजुद महासंघको क्रियाशीलताबाट आफू प्रभावित भएर सहयोग गर्ने भावना जागेको हो।महासंघले गरेका कामहरूको अगाडी यो आर्थिक सहयोगको तुलनै हुन सक्दैन। समाज प्रतिको सामाजिक उत्तरदायित्व बहन गर्नुपर्ने र यो अभियान पत्रकारको मात्र होइन हामी नागरिक समाजको पनि हो भन्ने अभिप्रायले रकम हस्तान्तरण गरेको डाक्टर आचार्यले बताए।"

    ;अन्य युरोपेली मुलुकहरुको तुलनामा पोल्याण्डमा रहेका नेपालीको आय आनुपातिक रुपमा कमी रहेको छ यद्धपी सहयोग गर्नका लागि आय भन्दा मन ठूलो चाहिन्छ भन्ने कुरा पोल्याण्डका साथीहरुले प्रमाणित गरिदिनु भएको छ ।सहयोगी मन र हातहरुलाई पत्रकार महासंघ यूरोप शाखा मार्फत नेपालका १९ हजार बढी श्रमजीवी पत्रकारहरुको तर्फबाट उच्च सम्मान रहेको नेपाल पत्रकार महासंघ यूरोपका अध्यक्ष केजिन राईले बताए। अध्यक्ष राई यूरोपमा रहेका नेपाली समुदायका अगुवा,नेपाली संघ संस्था सबैलाई पत्रकार महासंघको यो अभियानलाई यथाशक्य सहयोग गर्न अनुरोध गर्छन्।

    पोल्याण्डबाट यस अघि नेपाल पत्रकार महासंघ यूरोप शाखाका सदस्य शेरबहादुर परियारले १ लाख ११ हजार १ सय ११,एनआरएनए पोल्याण्डका अध्यक्ष नरेश सापकोटाले १ लाख ११ हजार १ सय ११, प्रवासी नेपाली एकता मञ्च पोल्याण्डका अध्यक्ष टंक कटुवालले १ लाख ५ हजार ५ सय रुपैयाँ आपतकालीन कोषमा सहयोग गरेका थिए।

    नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकारहरुलाई राहतका लागि आपतकालीन कोषको लागि महासंघको तर्फबाट ३० लाख जम्मा गरेर सुरुवात गरेको कोष कम्तीमा १ करोडको बनाइने बताइएको छ।कोषमा जम्मा भएको रकम नमासिने गरी अक्षय कोषमा राखिने र त्यसको ब्याजबाट आपतकालीन समस्यावाट पीडित पत्रकारहरुलाई राहत उपलब्ध गराउने गरी कोष सञ्चालन निर्देशिका र मापदण्ड तयार गर्ने निर्णय गरिएको छ।पछिल्लो समय नेपालमा पत्रकारहरुले कोभिड - १९ सक्रमणका कारण जागिर गुमाउनु परेको, बेतलवी विदामा बस्नु परेको तथा नियमित पारिश्रमिक भुक्तानी हुन नसकेका जस्ता कारणले जीवनयापनमै समस्या उत्पन्न भएको छ । यसैगरी गम्भीर विरामी रहेका पत्रकारको उपचारका लागि पनि आर्थिक अभाव देखिएको छ ।

  • सम्बन्धित विषय:

  • # पोल्याण्ड
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology