Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

चिनियाँ ‘भेरोसेल’ नामक खोपलाई नेपालमा आपतकालीन प्रयोगको अनुमति

चिनियाँ ‘भेरोसेल’ नामक खोपलाई नेपालमा आपतकालीन प्रयोगको अनुमति

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ६, २०७७ बिहिवार • १३:१६:१६ बजे
  • 2.9K
    SHARES
  • चिनियाँ ‘भेरोसेल’ नामक खोपलाई नेपालमा आपतकालीन प्रयोगको अनुमति

    बेइजिङ इनस्टिच्युट अफ बायोलोजिकल प्रोडक्ट कर्पाेरेसनले उत्पादन गरेको कोभिड(१९ विरुद्धको खोपले नेपालमा आपतकालीन प्रयोगको अनुमति पाएको छ ।

    images

    भेरोसेल’ नामक खोपलाई नेपालमा आपतकालीन प्रयोगका लागि अनुमति दिइएको औषधि व्यवस्था विभागले जानकारी दिएको छ । विभागले जारी गरेको सूचनामा १६ जनवरी, २०२१ मा सो खोपलाई अनुमति दिएको उल्लेख छ । तर खोपलाई आपतकालीन प्रयोगको अनुमति दिइएको जानकारी दिन प्रकाशित सूचनामा भने विभागका अधिकारीले १७ फेब्रुअरी २०२१ मा हस्ताक्षर गरेका छन् ।

    चीनले नेपाललाई पाँच लाख डोज खोप अनुदानमा दिने घोषणा गरेको छ । अनुमतिपछि चिनियाँ खोप नेपालमा ल्याएर प्रयोग गर्ने बाटो खुलेको छ । हाल नेपालमा भारतले अनुदानमा दिएको १० लाख डोज कोभिसिल्ड खोप प्रयोग हुँदै आएको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • # खोप
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology