Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

एनआरएनए पोल्याण्डको बार्षिक साधारण सभा सम्पन्न

एनआरएनए पोल्याण्डको बार्षिक साधारण सभा सम्पन्न

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १६, २०७७ आइतवार • १८:२५:२३ बजे
  • 1.9K
    SHARES
  • एनआरएनए पोल्याण्डको बार्षिक साधारण सभा सम्पन्न

    शेरबहादुर परियार,पोल्याण्ड/  एनआरएनए पोल्याण्डको बार्षिक साधारण सभा सम्पन्न भएको छ ।  बार्षिक साधारण सभामा प्रमुुख अतिथि एनआरएनए केन्द्रिय महासचिव डा हेमराज शर्माले प्रवासमा रहेका नेपालीहरुलाई एनआरएनए मेरो संस्था हो भन्ने बनाउन केन्द्रीय समिति आफ्नो मुख्य १० बुदे कार्ययोजनाका साथ लागेको बताए।कोभिडको बिषम परिस्थितिमा अप्ठ्यारोमा परेका १ लाख ७० हजार नेपालीलाई एनआरएनएले बिभिन्न प्रकारको सहयोग गरेको बताए।  महासचिव शर्माले स्मार्ट एनआरएनएको सुरुवात भएको छ। एनआरएनहरुले राज्यलाई सहयोग गर्न र राज्यबाट पाउने सुविधा लिन  पनि लाग्नु पर्ने बताए। 

    images

     एनआरएनए यूरोप संयोजक नारायण आचार्य, आइसीसी सदस्य डा वोधराज सुवेदी,प्रवासी नेपाली सम्पर्क मञ्चका संयोजक टंक कटुवाल, नेपाली जनसम्पर्क समिति सभापति डा एलिनी सुवेदी,नेपाली व्यवसायी संघ पोल्याण्डका अध्यक्ष डा उदयदेव आचार्य, एनआरएनए पोल्याण्डका संस्थापक महासचिव तथा पानी अभियन्ता मित्रलाल पार्दे, इनास पोल्याण्ड अध्यक्ष रिता न्यौपाने,पूर्व अध्यक्ष गोपाल राई, गुल्मी समाजका अध्यक्ष प्रकाश तिवारी,शेर्पा समाजका अध्यक्ष सोनाम शेर्पा लगायतले साधारण सभाको सफलताको शुभकामना दिएका थिए। 

    साधारण सभामा एनआरएनए पोल्याण्डले कोरोनाको बिषम परिस्थितिमा पोल्याण्डमा रहेका नेपालीलाई गरेको सहयोग, एनआरएनए पोल्याण्डको कार्यालय  स्थापना,कोरोना आपतकालीन कोषको निर्माण,पोल्याण्डमा मृत्यु भएका नेपालीहरुको शव व्यवस्थापन लगायतका कामहरु गरेकोमा धन्यवाद दिइएको थियो ।

      जुम प्रविधिमार्फत भएको साधारण सभा अध्यक्ष नरेश सापकोटाको अध्यक्षता,महासचिब कविन्द्र सुवेदीको सञ्चालनमा भएको थियो भने उपाध्यक्ष जिवन केसीले स्वागत मन्तव्य राखेका थिए।दुई चरणमा गरिएको अधिवेशनको बन्द सत्रले संस्थाको आर्थिक,सांगठानिक प्रतिवेदन पास गरिने बताइएको छ।

  • सम्बन्धित विषय:

  • # एनआरएनए पोल्याण्ड
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology