Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बेलायतमा कोरोना खोपले बिरामी हुने दर ८० प्रतिशतभन्दा बढीले घटायो

बेलायतमा कोरोना खोपले बिरामी हुने दर ८० प्रतिशतभन्दा बढीले घटायो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १८, २०७७ मंगलवार • ०९:४१:४२ बजे
  • 1.3K
    SHARES
  • बेलायतमा कोरोना खोपले बिरामी हुने दर ८० प्रतिशतभन्दा बढीले घटायो

    एजेन्सी । बेलायतले कोरोनाविरुद्धको खोपले कोरोना सङ्क्रमणका कारण अस्पताल पुग्नुपर्ने अवस्थालाई ८० प्रतिशतभन्दा धेरैले घटाएको पाइएको छ ।

    images

    बेलायतमा खोप लगाइसकेपछिको र लगाउनुअघिको तथ्याङ्कलाई गरिएको अध्ययनमा खोप लगाएका मानिसमा कोरोना सङ्क्रमण भए पनि गम्भिर अवस्थामा पुग्ने वा अस्पताल नै जानुपर्ने अवस्थालाई ८० प्रतिशत घटाएको पाइएको बीबीसीले जनाएको छ ।

    बेलायतको स्वास्थ्य विभागले गरेको अध्ययनमा खोप लगाएको तेश्रो अथवा चौथो हप्तापछि सङ्क्रमण वा जटिल बिरामी हुने जोखिम कम भएको देखिएको हो । बेलायतमा प्रयोग भइरहेका अक्सफोर्ड, एष्ट्राजेनिका र फाइजर बायोएनटेकले उत्पादन गरेका खोपको पहिलो डोज लगाएका ८० वर्षमाथिका व्यक्तिमाथि अध्ययन गरिएको बीबीसीले जनाएको छ।

    दुवै खोपको पहिलो डोजले नै ८० प्रतिशत जोखिम घटाएको र दोस्रो डोजपछि जोखिम अझै घट्ने देखिएको बेलायती स्वास्थ्य विभागलाई उदृत गर्दै बीबीसीले जनाएको छ । बेलायतमा दुई करोडभन्दा धेरै मानिसले कोरोनाविरुद्धको खोपको पहिलो मात्रा लगाइसकेका छन् ।

  • सम्बन्धित विषय:

  • # बेलायत
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology