Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

विश्वभर अहिलेसम्म ९ करोड १० लाख बढीले कोरोनालाई जिते

विश्वभर अहिलेसम्म ९ करोड १० लाख बढीले कोरोनालाई जिते

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १९, २०७७ बुधवार • १०:३४:३१ बजे
  • 1.3K
    SHARES
  • विश्वभर अहिलेसम्म ९ करोड १० लाख बढीले कोरोनालाई जिते

    विश्वभर अहिलेसम्म ९ करोड १० लाखभन्दा धेरैले कोरोनालाई जितेका छन् । वर्ल्डओमिटरकाअनुसार ११ करोड २२ लाखभन्दा धेरै कोरोना सङ्क्रमितमध्ये ९ करोड १० लाखभन्दा धेरै व्यक्ति कोरोनामुक्त भइसकेका हुन् ।

    images

    अहिलेसम्म कोरोनाका कारण विश्वभर २५ लाख ५८ हजार जनाको ज्यान गएको छ । सङ्क्रमितमध्ये २ करोड १७ लाख व्यक्ति अहिले विभिन्न अस्पताल र होम आइसोलेशनमा रहेका छन् । सङ्क्रमितमध्ये पनि ९९ दशमलव ६ प्रतिशत अथवा २ करोड १६ लाखभन्दा धेरै व्यक्तिको अवस्था सामान्य छ ।

    शून्य दशमलव ४ प्रतिशत अथवा ९० हजार ७ सय जनाको अवस्था गम्भीर रहेको छ । यस्तै कोरोनाले सबैभन्दा धेरै प्रभावित अमेरिकामा सङ्क्रमित हुनेको संख्या बढ्न थालेको छ ।

    पछिल्लो २४ घण्टामा मात्रै अमेरिकामा १८ सय १३ जना कोरोना सङ्क्रमितको ज्यान गएको छ । अहिलेसम्म अमेरिकामा कोरोनाका कारण ५ लाख २९ हजारभन्दा धेरै व्यक्तिले ज्यान गुमाइसकेका छन् भने २ करोड ९३ लाखभन्दा धेरै व्यक्ति सङ्क्रमित भएका छन् ।

  • सम्बन्धित विषय:

  • # अन्तराष्ट्रिय
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology