चन्द्र गाेतामे – कुवेतमा एक जना नेपालीको हृदयघातको कारण मूत्यु भएको छ । राहदानी नम्बर ०७८६३१७२ नुवाकोट घर भएका सागर राई हृदयघातका कारण फर्वानिया अस्पतालमा उपचारको क्रममा १३ जुलाई २०२० मा मृत्यु भएको हो ।
बिगत चार वर्ष पहिले रोजगारीको सिलसिलामा कुवेत आएका सागर राई कम्बाइन्ड ग्रुप कम्पनीमा कार्यरत थिए । कम्बाइन्ड ग्रुप कम्पनीका फोरमेन रोल बहादुर बिश्वकर्माका अनुसार “मृतक राईको दुबै मृगौला फेल भएकोले पन्ध्र दिन पहिले फर्वानिया अस्पतालमा भर्ना गरिएको थियो । उनको मृत्यु भएको प्रारम्भिक जानकारी भने कम्पनीमा १५ जुलाई २०२० मा आएको थियो” ।
नेपाली दूतावासका द्वितीय सचिव श्रीकृष्ण शिलवालका अनुसार “सागर राईको मृत्य भएको प्रारम्भिक जानकारी नेपाली दूतावासमा आइसकेको छ । उनको हृदयघातको कारण मूत्यु भएको अस्पतालले जनाएको छ । उनको शव नेपाल पठाउनको लागि कानुनी प्रक्रियाका कामहरु अगाडि बढाई सकिएको जानकारी दिएका छन । तर मृतक राईको परिवार संग सम्पर्क गर्नको लागि बारम्वार कोसिस गर्दा पनि सफल हुन सकेको छैन । हिजो एक नम्बर उपलब्ध भएको थियो त्यो नम्बरमा सम्पर्क गर्न खोज्दा पनि सम्पर्क हुन सकेन” । उनले थपे “मृतकको परिवारको सम्पर्क नम्बर कोही संग छ भने दूतावासलाई उपलब्ध गराई सहयोग गरिदिनको लागि पनि आग्रह गरेका छन” ।
मृतक ३५ वर्षीय सागर राईका घरमा श्रीमती एक १४ वर्षका छोरा र एक १२ वर्षकी छोरी छन् ।