Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

म्याग्दी प्रवासी नेपाली संघ(मोना) कतारको अध्यक्षमा नरेन्द्र फगानी चयन

म्याग्दी प्रवासी नेपाली संघ(मोना) कतारको अध्यक्षमा नरेन्द्र फगानी चयन

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

फाल्गुण २९, २०७७ शनिवार • १०:३९:०९ बजे
  • 1.8K
    SHARES
  • म्याग्दी प्रवासी नेपाली संघ(मोना) कतारको अध्यक्षमा नरेन्द्र फगानी चयन

    आश तमु पोखरा - कतारमा रहेका म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ(मोना) कतारको अध्यक्षमा नरेन्द्र फगानी चयन भएका छन् । संस्थाका अध्यक्ष पश्चिम म्याग्दीको मालिका गाउँपालिका वडा नं ५ देविस्थान घर भई लामो समयसम्म कतारमा कार्यरत छन् ।

    images

    शुक्रवार सम्पन्न मोना कतारको १० औं साधारणसभा तथा १८ औं बार्षिकत्सवबाट फगामीको अध्यक्षतामा बरिष्ठ उपाध्यक्षमा राजु पौडेल, प्रथम उपाध्यक्ष बाबुराम भण्डारी, द्धितिय उपाध्यक्ष गम ब सेन्चुरी, महासचिव अजय कुवँर, सचिव रामकृष्ण शर्मा, कोषाध्यक्ष हेमबहादुर बानियाँ रहेका छन् ।

    mona fagami.jpg

    त्यस्तै समितिको बरिष्ठ सदस्यमा तुलप्रसाद शर्मा, नर बहादुर मल्ल, गंगाधर कँडेल, सुमन घर्ती,दर्शन केसी नरेन्द्र कुमार दर्जी, रिपार्ट खत्री र गंगा बस्नेतलाई चयन गरिएको मोना कतार निर्वाचन समितिले जनाएको छ|

    यस्तै अधिबेशनले प्रमुख सल्लाहकारमा निर्वतमान अध्यक्ष तिलु शर्मा पौडेल, सल्लाहकारहरुमा मिन बहादुर कार्की,लिला बहादुर चोखाल, शिब चोखाल, थम कुमार गिरी, टिका कार्की र देबी कँडेल, संस्थापक संरक्षकमा प्रेम रसाईली, संरक्षकमा बिक्रम कार्की, रमेश पौडेल र रेशम शाहीलाई चयन गरेको छ।

    नवनिर्वाचत अध्यक्ष फगामीले पुराना अभियानलाई निरन्तरता र आवश्यकता अनुसार थप नयाँ कार्यक्रमहरु ल्याउने प्रतिबदता जनाएका छन ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology