Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

मोना जापानको सहयोग संकलन अभियान बन्द :करिब १८ लाख रुपैया उठ्यो

मोना जापानको सहयोग संकलन अभियान बन्द :करिब १८ लाख रुपैया उठ्यो

प्रकाश बिश्वकर्मा

प्रकाश बिश्वकर्मा

श्रावण ४, २०७७ आइतवार • ०८:२१:४६ बजे
  • 6.9K
    SHARES
  • मोना जापानको  सहयोग संकलन अभियान बन्द :करिब १८ लाख रुपैया उठ्यो

    म्याग्दी - बिगत केही दिन देखी परेको अविरल वर्षाका कारण ज़िल्लाका बिभिन्न ठाउँमा गएको बाढ़ी पहिरोबाट प्रभावितहरुलाईहातेमालो गर्नका लागी मोना जापन ले  संचालन गरेको आर्थिक सहयोग संकलन अभियान बन्द गरेको छ ।

    images

    म्याग्दी प्रवासी नेपाली संघ राष्ट्रिय कार्यकारी समिती जापानले गत असार २५ गते म्याग्दीका बिभिन्न क्षेत्रमा बाढी र पहिरोमा परीधनजन गुमाएका र उपचारत घाइतेहरुलाई सहयोग गर्नका निम्ती आर्थिक सहयोग संकलन समिती नै बनाएर आर्थिक संकलन गरीएको संस्थाका महासचिव गणेश श्रेष्ठले जानकारी दिए ।

    1111.jpg

    संस्थाका महासचिव गणेश श्रेष्ठ र आर्थिक सहयोग संकलन समितीका संयोजक बिशाल के सी द्दारा संयुक्त बिज्ञप्ती निकालेर मोना जापानको बाढी पहिरो प्रभावितहरुलाई उपचार लगाएत अन्य विष्यमा राहत प्रदान गर्न अभियानमा साथ दिनेहरुलाई धन्यवाद दिएकाछन । आर्थिक सहयोग संकलन समिती अन्तर्गत ५ सदस्यीय समिती गठन भएको थियो । संयोजक बिशाल केसी सदस्यहरु ददिवलखड्का,बिस्णु बानिया,दीपक कार्की ,सचिन श्रेष्ठ, प्रेम पुन,गणेश  श्रेष्ठ रहनु भई शुरु गरिएको अभियानले करिब ९ दिनमा झण्डै १८लाख संकलन गरेको मोना जापनका महासचिब गणेश श्रेष्ठले जानकारी दिनु भयो!

    आर्थिक उपसमितिले ९ दिनमा झण्डै १८ लाख संकलन गरेको मोना जापानका महासचिब गणेश श्रेष्ठले मयुरलाई बताए ।मोनाजापानको पहलमा उठाईएको उक्त रक़मबाट तत्कालिन र दिर्घकालिन दुई अबस्थामा सहयोग गर्ने गरी तयारी भएको उनले बताए ।

    यसै क्रममा संस्थाले तत्कालिन सहयोग अन्तरगत मरांग बिम पहिरो बाट घाईते भई मनिपाल हस्पिटल पोखरामा उपचार्थ  मन्जितासिर्पाईलीलाई तत्काल अप्रेशन गर्न पर्ने भएकोले अभियानको तर्फ बाट रु ४८६७१ सहयोग गरेको र उक्त हस्पिटलमा नै घाईते भईउपचार गराइ रहनु भएका अन्य तिन जना बिरामी सतदेबी सुनार रु २०००० गौमति सुनार रु १००००  पुर्ण नेपाली रु १०००० र बिरामी स्यारसुसारका लागी रु १००००  आर्थिक सहयोग गरिएको अभियानका संयोजक बिशाल के सीले जानकारी दिए ।

    यसै बिच मोना जापानको कार्यसमिति बैठकले  जिल्लामा आगमी दिनमा हुन सक्ने प्राकृतिक बिपत्तिहरुलाई मध्य नज़र गर्दै तत्कालिनराहत अन्तरगत केही रक़म तयार राख्ने मरांग र बिमका पहिरो पिडितहरुलाई तत्काल अस्थायी  बास लगाएत अन्य लत्ताकपडा र खाध्यन्नको ब्यबस्था गर्ने र यि सबै शिर्षकमा खर्च भई कुल उठेको रक़म मध्य बाँकी रहेको रकम दिर्घकालिनक सहयोग अन्तरगत पिडितहरुको सामुहिक आवस निर्माणका खर्च गर्ने निर्णय भएको र मोना जापान अन्तर्गत श्रेत्रिय कमिटी सेन्दाइ र नागोयाले पनि सहयोग संकलन गरिरहेको मोना अध्यक्ष दिपक कार्की मयुरपाटी अनलाईनलाई जानकारी दिए।

  • सम्बन्धित विषय:

  • # समाज
  • प्रकाश बिश्वकर्मा

    प्रकाश बिश्वकर्मा मयूरपाटी डिजिटल पत्रिकाकाे प्रधान सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology