Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

एकै दिन पाँच हजार सात सय २७ सङ्क्रमित थपिए, ६१ जनाकाे ज्यान गयाे

एकै दिन पाँच हजार सात सय २७ सङ्क्रमित थपिए, ६१ जनाकाे ज्यान गयाे

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख १७, २०७८ शुक्रवार • १६:४९:५४ बजे
  • 1.1K
    SHARES
  • एकै दिन पाँच हजार सात सय २७ सङ्क्रमित थपिए,  ६१ जनाकाे ज्यान गयाे

     पछिल्लो २४ घण्टामा ३३ जनासहित थप ६१ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसहित नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन हजार दुई सय ७९ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा पाँच हजार सात सय २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

    images

    १५ हजार तीन सय ९१ जनाको पीसीआर परीक्षण गर्दा पाँच हजार ६ सय ५७ जना र पाँच सय २५ जनाको एन्टिजेन परीक्षण गर्दा ७० जना गरी पाँच हजार सात सय २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । एकैदिनमा नयाँ सङ्क्रमण पुष्टि र ज्यान गुमाएकाको यो अहिलेसम्मकै धेरै सङ्ख्या हो ।

    आज थपिएकासहित नेपालमा तीन लाख २३ हजार एक सय ८७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । अहिले नेपालमा ३८ हजार आठ सय १३ जना सक्रिय सङ्क्रमित छन् ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology