Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

अमेरिकाबाट बुद्दि सागर सुवेदीको समुहले दश हजार डलर सहयोग

अमेरिकाबाट बुद्दि सागर सुवेदीको समुहले दश हजार डलर सहयोग

चन्द्र गाेतामे

चन्द्र गाेतामे

बैशाख २४, २०७८ शुक्रवार • १८:४५:१४ बजे
  • 1.4K
    SHARES
  • अमेरिकाबाट बुद्दि सागर सुवेदीको समुहले दश हजार डलर सहयोग

    गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, अमेरिकाको आसन्न निर्वाचनमा अध्यक्षका प्रत्यासी बुद्दि सागर सुवेदीको समुहले नेपालमा कोरोना कहरले निम्त्याएको स्वास्थ्य संकटका बीच सहयोग गर्न गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्ले सुरु गरेको सहयोग सकंलन अभियानमा १० हजार डलर सहयोग गर्ने भएको छ ।

    images

    बुद्दिसागर सुवेदीको नेतृत्व क्षमतालाई विश्वास गरी चुनावी अभियानमा लागेका विभिन्न पदका उम्मेद्वारहरुबीचको विहिवारको वैठकले एनआरएनए अमेरिकाले सुरु गरेको गो फन्ड मि मार्फत सहयोग गर्ने निर्णय गरेको हो ।

    मातृभुमी नेपालमा दु:ख पर्दा, हामीलाई पनि पिडा हुन्छ । अध्यक्ष पदका प्रत्याशी एवं हालका उपाध्यक्ष सुवेदीले भन्नुभयो यस्तो पिडाको समयमा हामीले आ-आफ्नो क्षेत्रवाट जति सकिन्छ त्यति सहयोग गर्नुपर्दछ ।

    गैर आवासीय नेपालीहरुले यो बेला कसरी सहयोग गर्न सकिन्छ भन्ने बारे हामी सबैले छलफल गरी सहयोगी हात अघि बढाउनुपर्ने सुवेदी बताउनुहुन्छ ।

    आवश्यक अन्य सहयोग कार्यका लागि पनि तयार रहने निर्णय गर्दै सुवेदीलाई सहयोग गर्ने र उहाको नेतृत्व प्रति विश्वास गरी अघि बढिरहेका अन्य पदका उम्मेद्वारहरु सम्मिलित वैठकले  थप सहयोग जुटाउन र अन्य खालका सहयोग गर्नका लागि एनआरएनए अमेरिका सगँको समन्वयमा अमेरिको अरु निकायहरु सगँ पनि आवश्यक समन्वय गर्न रकेट बैज्ञानिक राजिव श्रेस्ठ र  कोभिड–१९ मा अत्यन्तै सक्रिय र प्रभावकारी रुपमा काम गरि अनुभव बटुल्नुभएका डा. प्रकाश श्रेस्ठलाई त्यसको लागि पहल गर्न जिम्मेवारी समेत दिएको छ ।

    त्यस्तै, अमेरिका स्थित विभिन्न विश्व विद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई नेपालमा फैलिएको स्वास्थ संकटले गर्दा यदि यहाँ अध्यनरत् विद्यार्थीहरूलाई कुनै प्रकारका समस्याहरु पर्न गएमा उक्त समस्या समाधानको लागि के कस्तो सहयोग संकलन गर्न सकिन्छ त्यस्को लागि वैठकले अनुप खनाल र त्रिभुवन पाण्डेलाई जिम्मेवारी प्रदान गरेको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • चन्द्र गाेतामे

    चन्द्र गाेतामे मयूरपाटी डिजिटल पत्रिकाकाे कार्यकारी सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology