ओमानको सललामा अर्घाखाँचीको अड्गुरी,झन्द्रेककी ३९ वर्षिया शोभा टण्डन थापाको शुक्रबार निधन भएको छ । विगत १३/१४ वर्षदेखि वैदेशिक रोजगारका क्रममा ओ"मानको सललामा घरेलु कामदारकोरुपमा रहेकी शोभाको स्थानिय अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनको ९ दिनदेखि स्थानिय अस्पतालमा उपचार हुँदै थियो ।
उनलाई ज्वरो र श्वास–प्रश्वासमा समस्या रहेको र साथै को"रोना पोजिटिभ समेत देखिएको थियो । निधन भएकी टण्डनको घर परिवारले उनको शव नेपाल ल्याएर मुख भए पनि हेर्ने इच्छा जाहेर गरेता पनि विश्व स्वास्थ्य संगठनको नियमानुसार कोभिड देखिएको शव नेपाल लैजान नमिल्ने भएको हुँदा मृतकको दाहसंस्कार ओमनमै हुनेछ।
मृतकका श्रीमान जय बहादुर टण्डनको केही पहिले नै नि"धन भएको र उनका एउटा छोरा रहेका छन् ।