अमेरिका । अमेरिकाको मेरील्याण्ड राज्यमा गो'ली प्रहार तथा आ'गज'नीमा परेर एक नेपालीको मृ'त्यु भएको छ । मृ'त्यु भएका नेपाली संखुवासभा खाँदबारी ६ तल्लो पांगाका सागर घिमिरे भएको पुष्टि भएको छ ।
घिमिरेले केही समय अघिमात्र साउथ क्यारोलाइनास्थित क्लिफ्टन विश्वविद्यालयबाट कम्प्युटर साइन्समा स्नातक गरेको उनका सहोदर काका कप्तान घिमिरेले बाह्रखरीलाई बताए ।
शनिबार बिहान बाल्टिमोर काउण्टीको उडलनमा भएको उक्त आ'गज'नी तथा गो'ली प्र'हारमा घिमिर सहित ४ जनाको ज्या'न गएको स्थानीय अधिकारीहरुलाई उद्धृत गर्दै एनबीसी न्युजले जनाएको छ ।