म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) कतारका पदाधीकारी र कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाज वाग्ले बीच भेटवार्ता भएका छन ।
अध्यक्ष नरेन्द्र फगामीको नेतृत्वमा गएका पदाधिकारीले वाग्ले बीच भेट गरेका हुन् ।मोना कतारलाई नेपाली नियोगमा सामाजिक संस्थाको रूपमा सूचीकृत गरिदिन मोनाले भेटमा आग्रह गरेका छन।
भेटघाटका क्रममा राजदूत वाग्लेले जवानी र जोस परदेशमा नसकी स्वदेशमा केही उद्ध्मशील कार्य गर्ने तर्फ ध्यान दिन आग्रह गरेका छन ।
वाग्लेले सहकार्यलाई सधैँ निरन्तरता दिन आग्रह गर्दै कतारको कर्नेचमा हुने अनैतिक गतिविधि रोक्न सामाजिक संस्थाले अहम् भूमिका निभाउनु पर्ने बताउनु भएको थियो l मोना कतारको तर्फबाट राजदुत वाग्लेलाइ सस्थाको टिसर्ट उपहार स्वरूप प्रदान गरिएको थियो .