Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कुवेतले इद देखि कर्फ्यु हटाउने,नेपालसहित चार देशबीच व्यवसायीक उडानहरूमा पनि प्रतिबन्ध

कुवेतले इद देखि कर्फ्यु हटाउने,नेपालसहित चार देशबीच व्यवसायीक उडानहरूमा पनि प्रतिबन्ध

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख २८, २०७८ मंगलवार • १४:०४:२९ बजे
  • 2.2K
    SHARES
  • कुवेतले  इद देखि  कर्फ्यु हटाउने,नेपालसहित चार देशबीच व्यवसायीक उडानहरूमा पनि प्रतिबन्ध

    पोखरा - आउँदो बिहीबारदेखि कुवेतले कर्फ्यु हटाउने निर्णय गरेको छ ।

    images

    कोरोना सङ्क्रमण रोकथामका लागि आंशिक रूपमा लगाइएको कर्फ्यु आउँदो बिहीबारदेखि हटाउने निर्णय भएको कुवेतका स्थानीय सञ्चार माध्यमले उल्लेख गरेको छ । इदको पहिलो दिन बिहानको एक बजेदेखि नै कर्फ्यु हट्नेछ ।

    तर कुवेतले आप्रवासीहरुको प्रवेशमा लगाएको प्रतिबन्ध भने कायम नै रहने छ । यस्तै कुवेतले नेपालसहित चार देशबीच हुने व्यवसायीक उडानहरूमा पनि प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

    कुवेतको मन्त्रीपरिषद्ले नेपाल, बङ्गलादेश, पाकिस्तान र श्रीलङ्काबीच हुने कार्गो उडान बाहेक सबै व्यवसायीक उडानहरूमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो । यी चार देशबाट यात्रुहरू सिधै कुवेत जान पाउने छैनन् । अन्य कुनै देशमा १४ दिन अनिवार्य बसेको हुन पर्नेछ ।

  • सम्बन्धित विषय:

  • # कर्फ्यु
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology