Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

चार सय थान अक्सिजन सिलिन्डर जहाजमार्फत नेपाल ल्याइयो

चार सय थान अक्सिजन सिलिन्डर जहाजमार्फत नेपाल ल्याइयो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख २८, २०७८ मंगलवार • १६:२३:११ बजे
  • 1.8K
    SHARES
  • चार सय थान अक्सिजन सिलिन्डर जहाजमार्फत नेपाल ल्याइयो

    नेपाल एअरलाइन्सको जहाजले चीनको बेइजिङबाट अक्सिजन सिलिन्डर र भेन्टिलेटर नेपाल ल्याएको छ ।

    images

    सोमवार (हिजो) राती बेइजिङ गएको नेपाल एअरलाइन्सको वाइडबडी जहाज केही बेरअघि त्रिभुवन "अन्तर्राष्ट्रिय" विमानस्थलमा अवतरण गरेको हो ।

    जहाजले चार सय थान खाली "अक्सिजन" सिलिन्डर, एक सय ६० थान अक्सिजन कन्सन्ट्रेटर र १० वटा भेन्टिलेटर गरी ३० टन सामग्री ल्याएको हो । सिलिन्डरलगायत सामग्री त्रिभुवन विमानस्थलमै चीनले नेपाललाई हस्तान्तरण गरेको छ । चीनले दिने २० हजार खाली सिलिन्डरमध्ये पहिलो चरणमा चार सय खाली सिलिन्डर ल्याइएको हो ।

    बीस हजार सिलिन्डरमध्ये दुई हजार विमानबाट र १८ हजार सडक मार्ग हुँदै नेपाल ल्याउने योजना छ ।

  • सम्बन्धित विषय:

  • # अक्सिजन सिलिन्ड
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology