Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

दुई जना नेपाली श्रमिकको मृत्यु

कुवेतमा दुई जना नेपाली श्रमिकको मृत्यु

कुवेतमा दुई जना नेपाली श्रमिकको मृत्यु

चन्द्र गाेतामे

चन्द्र गाेतामे

बैशाख ३०, २०७८ बिहिवार • १०:१९:११ बजे
  • 1.8K
    SHARES
  • कुवेतमा दुई जना नेपाली श्रमिकको मृत्यु

    कुवेत, रोजगारीको सिलसिलामा कुवेत गएका दुई जना नेपाली श्रमिकको मृत्यु भएको छ । तेरथुमका खम्बासिंह गुरुङ र नवलपरासीका तारा बहादुर सुनारको मृत्यु भएको हो ।

    images

    खम्बासिंह गुरुङको कुवेत सुयोख स्थित अल सभा टिवि अस्पतालमा उपचारकै क्रममा सोमबारनिधन भएको हो । उनको लागि एनआरएनए कुवेतले उपचारको लागि पहल शुरु गरेको थियो । चारवर्ष पहिले नास कम्पनिमा गएका खम्बासिंह मेडिकल अनफिट भए पछि कम्पनि छोडेर लुकीछिपी अबैधानिक रुपमा बस्दै आएका थिए ।

    त्यसैगरी नवलपरासीका तारा बहादुर सुनारको हृदयघातको कारण शनिबार निधन भएको हो । उनले नेपालबाट श्रम गरेर कुवेत आएको भए पनि कुन कम्पनीमा कार्यरत थिए भन्ने खुल्न सकेको छैन ।

    नेपाली दूतावास कुवेतमा दुबै जनाको निधन बारे जानकारी प्राप्त भएको दूतावासले जनाएको छ ।उनीहरुको शव नेपाल पठाउन आवश्यक प्रक्रिया शुरु गरि सकेको छ । तर कोरोना भाइरसका कारण नेपालको हवाई उडान बन्द भएकोले हवाई उडान खुल्न साथ उनीहरुको शव नेपाल पठाउने दूतावासले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # प्रवास
  • चन्द्र गाेतामे

    चन्द्र गाेतामे मयूरपाटी डिजिटल पत्रिकाकाे कार्यकारी सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology