चन्द्र गोतामे - गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतले जुम भर्चुअलको माध्यमबाट पत्रकार सम्मेल गरी २३ जुलाई २०२१ मा सातौं अधिवेशन गर्ने घोषणा गरेको छ । नयाँ कार्यकाल २०२१/२३का लागि १५ मे २०२१ को दिनदेखी पञ्जिकृत सदस्य फारम खुल्ला गरेको छ ।
एनआरएनए एनएसिसी कुवेतले हिजो १४ मे २०२१ को दिन पत्रकार महासंघ वैदेशिक शाखा कुवेतका नयाँ निर्वाचित पदाधिकारी तथा सदस्यहरू संग परिचयात्मक कार्यक्रम संगै अधिवेशनको पनि घोषणा गरेको हो । एनसिसी कुवेतका अध्यक्ष सुजन केसीको सभापतित्वमा गरिएको पत्रकार सम्मेलनमा एनआरएनए आईसिसि सदस्य अमित चाम्लिङ, मध्यपूर्व महिला संयोजक सुमित्रा पौडेल, पत्रकार महासंघ वैदेशिक शाखा कुवेतका अध्यक्ष नवराज पन्थी, पत्रकार महासङ्घ कुवेतमा आबध्द विभिन्न मिडियामा कार्यरत पत्रकार साथै एनसिसी कुवेतका पदाधिकारी लगायत सदस्यहरुको सहभागिता रहेको थियो ।
उक्त पत्रकार सम्मेलनमा स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष हरी लावतीले राखेका थिए भने कार्यक्रमको संचालन महासचिव दिल कुमार पाख्रीनले गरेका थिए । मन्तव्यका क्रममा पत्रकार महासंघ वैदेशिक शाखाका अध्यक्ष नवराज पन्थीले कुवेत नगरीमा सन् २०१० मा स्थापना भएको एनसिसी कुवेत स्थापनाकालमा निकै सक्रिय थियो । कुवेतमा कार्यरत नेपालीको निकै लोकप्रिय र जयजयकार थियो । तर केही समय पछि भने एनसिसी कुवेत निष्कृय जस्तो भए पनि वर्तमान परिवेशमा भने सक्रिय र स्वागतयोग्य कार्य गर्दै आएको छ। तर एनसिसी कुवेतले देश कै चौथो अंगका रूपमा रहेका पत्रकार महासंघ लाई उपेक्षा गरेको बताएका छन । पत्रकार महासङ्घ संग सहकार्य र समन्वय निकै न्यून भएको बताए । कुवेतमा कार्यरत सम्पूर्ण नेपाली लाई समेटेर अगाडी बढ्न पनि आग्रह गरेका छन।
त्यसैगरी आईसिसी सदस्य अमित चाम्लिङ राइले एनसिसी कुवेतले कोरोनाले गर्दा अलपत्र परेका ५९ जना नेपालीलाई उद्दार , लकडाउनको समयमा पीडित भएका नेपालीलाई राहात वितरण गर्नुको साथै सहजिकरण गर्दै आएको बताएका छन। अबका दिनमा पत्रकार संग सहकार्य र समन्वय गरेर अगाडी बढ्ने प्रतिबध्द पनि गरेका छन । त्यसैगरी एनसिसी कुवेतका अध्यक्ष सुजन केसीले १५ मे २०२१ बाट सदस्यता खुल्ला गरिने बताएका छन । सामाजिक संजालमा आईरहेका झुठा प्रचारको विश्वास गरेर कुवेतमा कार्यरत नेपालीले फारम नर्भन आग्रह गरेका छन । एनसिसी कुवेतको आधिकारिक वेभसाइट बाट मात्र भरेको सदस्य फारम स्वीकृत हुने बताएका छन । सदस्य शुल्क २ केडी लाग्ने लाग्ने छ भने अनलाईन फारम ४५ दिन सम्म खुल्ला रहनेछ ।नेपाली दूतावास ओमन र मध्यपूर्वका एनआरएनए ले ६०० अक्सिजन सिलिन्डर नेपाल पठाउनको लागि कुवेतमा पनि आर्थिक सहयोग सङ्कलन अभियानमा धेरै संघ-सस्था र व्यक्तिहरु बाट सहयोग प्राप्त भएको छ । यो अभियानमा सक्दो आर्थिक सहयोग गर्न पनि आग्रह गरेका छन । यो अभियानमा के कति सहयोग प्राप्त भएको छ केही दिनमा नै पत्रकार सम्मेलनगरि जानकारी दिने बताएका छन ।
२०२१/२३ कार्यकालको लागि पञ्जिकृत सदस्य बन्नको निम्ति आवश्यक कागजात तथा तरिका यसप्रकार रहेको छः-
आबश्यक कागजातः
१) म्याद भएको सिभिल आईडीको अगाडी र पछाडीको फोटो ।
२) सफा देखिने आफ्नो फोटो ।
३) E-mail Address र मोबाइल नम्बर ।
४) सदस्यता शुल्क २.००० केडि ।
फारम भर्ने तरिकाः
१. Members.nrna.org वेभसाइटमा जाने।
२. Create मा क्लिक गर्ने ।
३. Select Country मा Kuwait राखेर आफ्नो विबरण भरि I agree to NRNA Term and Privacy Policy मा मार्क गरेर Register गर्ने ।
४. सोधेको Image छान्रे ।
५. मोबाईल वा इमेलमा आएको 4 Digit Code हालेर Verify गर्ने ।
६. Personal Information र Documents Upload गर्ने ।
७. Make Payment मा Paid Registered Member छानेर Next गर्ने ।
८. आफ्नो बिवरण सहि भएमा Confirm गर्ने ।
अन्त्यमा एनसिसि कुवेतको आधिकारीक व्यक्तिहरुबाट रुझु गरि Approve गरिसकेपछि एनआरएनको पञ्जिकृत सदस्य बन्न सक्नुहुनेछ ।